अमेरिका–मेक्सिको सीमामा छुट्टिएका परिवारको पुनर्मिलन
मेक्सिको । अमेरिका–मेक्सिको सीमाको एक क्षेत्रमा शनिबार करिब दुई सय परिवार भावुक तर छोटो पुनर्मिलनका लागि भेला भए । विपरीत मुलुकहरूमा बस्ने उनीहरूले त्यहाँ वर्षौंदेखि नभेटेका आफन्तहरूलाई भेटे ।
मेक्सिकाली परिवारहरूलाई अमेरिकामा बसाइँ सरेका आफन्तहरूसँग सीमामा केही मिनेटका लागि पुनर्मिलन गर्न अनुमति दिइँदा धेरैको आँसु बगे र मानिसहरूले अङ्कमाल गरे । वयस्क र बालबालिकाहरूले आफ्ना प्रियजनहरूलाई भेट्न रियो ग्रान्डे नदी पार गरेका थिए ।
यस वर्ष आप्रवासी अधिकार अभियान समूहद्वारा आयोजित वार्षिक कार्यक्रम अमेरिकी राष्ट्रपति चुनावभन्दा तीन दिनअघि भएको थियो । निर्वाचनको महिनौँ लामो प्रचारमा आप्रवासन र सीमा सुरक्षामा धेरै ध्यान केन्द्रित गरिएको छ । पुनर्मिलन कार्यक्रम आप्रवासी अधिकारको रक्षा नेटवर्कका अनुसार बढाइएको सुरक्षाका बिच सम्पन्न भएको थियो ।
“हाम्रो समुदायमा काँडेतार थिएन, यति धेरै सैनिकहरू तैनाथ थिएनन्”, गत दशकदेखि पुनर्मिलन सुरु भएयता सीमामा आएका सुरक्षा परिवर्तनहरूलाई उजागर गर्दै संस्थाका निर्देशक फर्नान्डो गार्सियाले भने, “परिवारहरूले यो कार्यक्रम गर्न सकुन् भनेर काँडेतार खोल्नु परेको थियो ।”
गार्सियाले मङ्गलबारको चुनावमा जसले जिते पनि अमेरिकातर्फको आप्रवासन जारी रहने अपेक्षा गरेका छन् । उनले पारिवारिक पुनर्मिलन पनि जारी रहने बताए ।
“निर्वासन नीति, सीमा नीति, आप्रवासन नीतिले परिवारहरूलाई असाधारण तरिकाले विभाजित गरिरहेको छ र यी परिवारहरूमा गहिरो प्रभाव पारिरहेको छ”, उनले पत्रकारहरूलाई बताए । - (रासस/एपी)
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
किचकबधमा नवौँ चरणको उत्खनन सुरु
-
अमेरिकी भिसा विवादका बिच इरानी टोली मेक्सिको पुग्यो
-
शीर्ष नेतृत्वमा युद्धविराम प्रस्तावमा कुनै मतभेद र विभाजन नभएको इरानको दाबी
-
सम्झौताअघि इरानको रोक्का सम्पत्ति रिहा नगर्ने ट्रम्पको दाबी
-
ओलीका स्वकीय सचिव बज्राचार्यलाई अख्तियारले भरायो १३ पन्ने फारम
-
हिमाली क्षेत्रमा असुरक्षा बढ्दै गएको भन्दै सुरक्षाको माग
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण