सुनको रिङ र नगदको लोभले आमाको हत्या

काभ्रे । काभ्रे जिल्लाको रोशी गाउँपालिका वडा नं ३ स्थित भञ्ज्याङगाउँमा सिलौटाको लोहोरो प्रहार गरी छोराले आमाको हत्या गरेका छन् ।
कात्तिक १६ गते अपराह्न चार बजेको समयमा रोशी गाउँपालिका वडा नं ३ स्थित भञ्ज्याङगाउँकी ६९ वर्षीया माइली लामालाई उनकै कान्छो छोरा २८ वर्षीय फुर्साङ लामाले सिलौटाको लोहोरो प्रहार गरी हत्या गरेको जिल्ला प्रहरी कार्यालय काभ्रेका प्रमुख प्रहरी उपरीक्षक बसुन्धरा खड्काले जानकारी दिएका हुन् । सिलौटाको लोहोरो प्रहार गरी आमाको हत्या गर्ने अभियुक्त लामालाई जिल्ला प्रहरी कार्यालय काभ्रेले मंगलबार पत्रकार सम्मेलन गरी सार्वजनिक गरेको हो ।
पत्रकार सम्मेलनमार्फत जानकारी गराउँदै प्रहरी उपरीक्षक खड्काले माइली लामा आफ्नै घरको भान्सा कोठामा टाउकोमा चोट लागि मृत अवस्थामा रहेको भन्ने खबर प्राप्त हुनसाथ प्रहरी चौकी खहरेपाँगु, ईलाका प्रहरी कार्यालय मंगलटार र जिल्ला प्रहरी कार्यालय काभ्रेपलान्चोकबाट खटिएको टोलीले प्रारम्भिक अनुसन्धान गरी मृतकको कान्छो छोरा वर्ष २८ को फुर्साङ लामालाई पक्राउ गरिएको बताए ।
उनका अनुसार घटनाको अनुसन्धान गर्दा फुर्साङ लामाले भान्सा कोठामा सुतिरहेको आमाले कानमा लगाएको सुनको रिङ र नगदको लोभले मसला पिस्ने सिलौटो लोहोरोले टाउकोमा प्रहार गर्नुको साथै ढोकाको आग्लोले समेत गरी हत्या गरेको पाइएको थियो । फुर्साङले आमाको हत्या गरी आमाले कानमा लगाएको सुनको रिङ र साथमा रहेको नगद समेत लिई घटनास्थलबाट फरार भएका थिए ।
फरार रहेका फुर्साङलाई जिल्ला प्रहरी कार्यालयले काभ्रेले कात्तिक १८ गते पक्राउ गरेको प्रहरी उपरीक्षक खड्काले बताउनुभयो । पक्राउ परेका फुर्साङलाई मंगलबार काभ्रेपलाञ्चोक जिल्ला अदालतबाट ७ दिनको म्याद थप भई अनुसन्धान कार्य भईरहेको प्रहरीले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बार्सिलोनालाई हराउँदै इन्टर मिलान च्याम्पियन्स लिगको फाइनलमा
-
रातभर सुतेनन् मोदी, पूरै ध्यान पाकिस्तान लक्षित ‘अपरेशन सिन्दूर’मा
-
६ वर्षदेखि चिकित्सकको पर्खाइमा सर्पदंश उपचार केन्द्र
-
पाकिस्तानमा भारतीय आक्रमणबारे राष्ट्रपति ट्रम्पको प्रतिक्रिया: यो दुःखद हो
-
भारतले पाकिस्तानमाथि आक्रमण गर्नुको कारण के हो ?
-
आज कुन देशको मुद्राको विनिमयदर कति ? (सूचीसहित)