काठमाडौँ महानगर वडा नम्बर १६ को अध्यक्षमा एमालेबाट तुलाधर उम्मेदवार
बुधबार, २१ कात्तिक २०८१, १५ : ३७

काठमाडौँ । नेकपा (एमाले)ले काठमाडौँ महानगरपालिका वडा नम्बर १६ को अध्यक्षमा लक्ष्मीरत्न तुलाधरलाई उम्मेदवार बनाउने भएको छ ।
तुलाधरलाई उम्मेदवार बनाउन वडा, नगर र जिल्ला कमिटीबाट सिफारिस गरेको एमाले काठमाडौँका अध्यक्ष दीपक निरौलाले जानकारी दिए ।
२०७९ वैशाखमा भएको स्थानीय तह चुनावमा तुलाधर एमालेबाटै उम्मेदवार भएपनि कांग्रेस उम्मेदवार मुकुन्द रिजालसँग पराजित बनेका थिए । त्यसवेला रिजाल चार हजार १९ मतसहित विजयी हुँदा तुलाधरले तीन हजार तीन सय १० मत पाएका थिए ।
त्यस्तै एमालेले कीर्तिपुर नगरपालिका वडा नम्बर १ को अध्यक्षमा हर्ष महर्जन र ४ मा बद्री बुढाथोकीलाई उम्मेदवार बनाउने निर्णय गरेको छ । एमालेले कीर्तिपुर नगरको प्रमुखमा डा. सुरेन्द्र मानन्धरलाई उम्मेदवार बनाउने यसअघि नै निर्णय गरिसकेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सिटामोल तथा जीवनजल खरिदका लागि पत्राचार
-
पूर्वडीआईजी जोशीको मुद्दा हेर्न नमिलेपछि लामिछानेको बन्दी प्रत्यक्षीकरण रिट पनि ‘हेर्न नमिल्ने’
-
अर्थमन्त्री पौडेल छलफलमा उपस्थित नभएको भन्दै आपत्ति
-
आगलागी भएको मखनमा सुनिता : ग्यास कम्पनीहरूको प्रभावकारी अनुगमन गर्ने
-
गर्मीको बहार, खर्बुजाको व्यापार (तस्बिरहरू)
-
चालु खर्च ६५ प्रतिशतलाई ३५ मा झार्ने गरी बजेट ल्याउनुस् : जनार्दन शर्मा