काठमाडौँ महानगर वडा नम्बर १६ को अध्यक्षमा एमालेबाट तुलाधर उम्मेदवार
बुधबार, २१ कात्तिक २०८१, १५ : ३७
काठमाडौँ । नेकपा (एमाले)ले काठमाडौँ महानगरपालिका वडा नम्बर १६ को अध्यक्षमा लक्ष्मीरत्न तुलाधरलाई उम्मेदवार बनाउने भएको छ ।
तुलाधरलाई उम्मेदवार बनाउन वडा, नगर र जिल्ला कमिटीबाट सिफारिस गरेको एमाले काठमाडौँका अध्यक्ष दीपक निरौलाले जानकारी दिए ।
२०७९ वैशाखमा भएको स्थानीय तह चुनावमा तुलाधर एमालेबाटै उम्मेदवार भएपनि कांग्रेस उम्मेदवार मुकुन्द रिजालसँग पराजित बनेका थिए । त्यसवेला रिजाल चार हजार १९ मतसहित विजयी हुँदा तुलाधरले तीन हजार तीन सय १० मत पाएका थिए ।
त्यस्तै एमालेले कीर्तिपुर नगरपालिका वडा नम्बर १ को अध्यक्षमा हर्ष महर्जन र ४ मा बद्री बुढाथोकीलाई उम्मेदवार बनाउने निर्णय गरेको छ । एमालेले कीर्तिपुर नगरको प्रमुखमा डा. सुरेन्द्र मानन्धरलाई उम्मेदवार बनाउने यसअघि नै निर्णय गरिसकेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
यो साता यी राशिहरूका लागि लाभको संकेत
-
विश्वकपमा कतारको पहिलो अंक: स्विट्जरल्यान्डसँग रोमाञ्चक बराबरी
-
इन्जुरी समयमा कतारको नाटकीय पुनरागमनः स्विट्जरल्यान्डसँग १–१ गोलको बराबरी
-
कतार र स्विट्जरल्यान्डबिचको दोस्रो हाफको खेल सुरु
-
पहिलो हाफमा कतार १–० ले पछि, एम्बोलोको पेनाल्टी गोलमा स्विट्जरल्यान्डको अग्रता
-
इन्जुरी समयमा कतारको नाटकीय पुनरागमन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण