आकाशमा उडिरहेको समयमा यात्रीले विमानको ढोका खोल्न खोजेपछि...
रियो द जेनरियो । ब्राजिलबाट र पानामातर्फ गइरहेको एउटा विमानभित्र कुटपिट भएको छ । विमान आकाशमा उडिरहेको समयमा ती यात्रुले विमानको आपतकालीन ढोका खोल्ने प्रयास गरेका थिए । विमानमा सवार अन्य यात्रुले यो कुरा थाहा पाउने बित्तिकै उनलाई समातेर कुटपिट गरेका थिए ।
घटना कोपा एयरलाइन्सको हो । मिडिया रिपोर्टका अनुसार यो घटना मङ्गलवारको हो । विमान आफ्नो गन्तव्यमा अवतरण हुनुभन्दा ३० मिनेट अघि एक यात्री उठेर विमानको आपतकालीन ढोका खोल्न थाले । उनको नियत थाहा पाउने बित्तिकै अरू यात्रुहरू उठेर उनलाई रोक्न खोजे । तर उनी रोकिँदै रोकिएन । उनी झन् आक्रामक बन्दै गए ।
केही सिप नलागेपछि अरूले उनलाई कुटपिट गरे । ती यात्रुको पहिचान खुलाइएको छैन । विमान अवतरण हुने बित्तिकै ती यात्रुलाई समातेर लगिएको थियो । उनले त्यस्तो अनियन्त्रित व्यवहार किन गरे भन्नेबारे अनुसन्धान भइरहेको बताइएको छ । यो घटनाको भिडियो सामाजिक सञ्जालमा भाइरल भइरहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
संन्यास फिर्ता लिँदै विश्वकपमा फर्किएका नोयर इतिहास रच्ने दाउमा
-
पानी नपर्दा धानको ब्याड राख्न ढिलाइ
-
रास्वपाका वडा सभापतिको चन्दा पत्र भाइरल, प्राविधिक गल्ती भएको दाबी
-
सुनको मूल्य प्रतितोला २ लाख ९३ हजार नाघ्यो
-
उपाधि दाबेदार जर्मनीविरुद्ध बलियो प्रभाव छाड्ने दाउमा ‘डेब्युटेन्ट’ कुरासाओ
-
नागढुङ्गा–नौबिसे सडकमा कालोपत्रेको काम पुनः सुरु
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण