रुपन्देहीको सीमा क्षेत्रमा सुरक्षाकर्मीको सवारीसाधनमा ढुंगामुढा
बुटवल । रुपन्देहीको सीमा क्षेत्रबाट राजस्व छलीको सामान नियन्त्रणमा लिएर फर्किने क्रममा सुरक्षाकर्मीको सवारीसाधनमा ढुंगामुढा भएको छ । बिहीबार बेलुकी लुम्बिनी सांस्कृतिक नगरपालिका वडा नम्बर २ स्थित मुझानमा सशस्त्र प्रहरीको सवारीसाधनमा ढुंगामुढा भएको हो ।
सोही स्थानका ३२ वर्षिय दिलिप लोधको घरमा खानतलासी गर्दा ११२ बोरा चिनी राजस्व छलेको आशंकामा नियन्त्रणमा लिएर फर्किने क्रममा १५०–२०० जना स्थानीयहरूले बाटो अवरोध गरेका थिए।
रुपन्देही प्रमुख जिल्ला अधिकारी बासुदेव घिमिरेले राजस्व छापा मार्दा स्थानीयले अवरोध गर्न खोजेपनि पछि आफूहरू घटनास्थलमा पुगेर राजस्व छलेको समान नियन्त्रण लिन सकिएको रातोपाटीलाई बताए।
उनले अहिले उक्त समानलाई राजस्व अनुसन्धान कार्यालयले बुटवलले लगेर कारबाही प्रक्रिया अघि बढाएको बताए। अवरोध गर्ने स्थानीय भने कसैलाई नियन्त्रण लिइएको छैन ।
उक्त स्थानमा स्थानीयहरूको भिडले ढुंगामुढा गर्दा सशस्त्र प्रहरी बल, नेपाल सुरक्षा बेश लुम्बिनी रुपन्देहीको ना १ झ १४७७ नम्बरको गाडीको दाँयातर्फको झ्यालको दुई वटा सिसा पूर्णरुपमा फुटेर क्षति भएको छ।
त्यस्तै सशस्त्र प्रहरी नायव निरीक्षक काशी प्रसाद चौधरीको दायाँ हात र सशस्त्र प्रहरी जवान चन्द्रमा पाण्डेको दायाँ हातमा सामान्य चोट लागेको जनाइएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कोशीटप्पुमा आन्तरिक पर्यटकको लहर: ११ महिनामा नौ हजारभन्दा बढीले गरे आरक्ष भ्रमण
-
भरतपुरमा ट्रकसँग स्कुटर ठोक्किँदा दुई युवाको मृत्यु
-
रास्वपा महाधिवेशनको दोस्रो दिन: बन्द सत्रको कार्यतालिका संशोधन
-
राप्रपाका पूर्वअध्यक्षत्रयको संयुक्त वक्तव्य, ‘हाम्रै जीवनकालमा पार्टी पतन भएको हेर्न चाहँदैनौं’
-
पूर्वमन्त्री एवं नेपाली कांग्रेसका नेता राजेन्द्र खरेलको निधन
-
तनहुँमा आर्थिक गणना : लक्ष्यभन्दा बढी प्रतिष्ठान समेटिए
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण