कमेडी सिरियल ‘गजब छ बा’ प्रसारण हुने
काठमाडौँ । लेखान्त भुसाल निर्देशित कमेडी सिरियल हो ‘गजब छ बा’ । गाउँ, छरछिमेक र समाजका विभिन्न विषय सिरियलको कथा बनाइएको छ ।
सिरियल मंसिरको पहिलो साताबाट प्रसारणमा आउने निर्देशक भुषालले जानकारी दिए । मंसिरको पहिलोसातादेखि लेखान्त अफिसियल युट्युबमा प्रसारणमा आउने सिरियलमा भुसालकै लेखन रहेको छ ।
रामचन्द्र अधिकारी ‘काजी बा’, सविता गुरुङ (ठुली) धर्मराज भट्टराई, मुकुन्द मैनाली, विनम खडेल, लेखान्त भुसाल, सबिना आचार्य, रमेश बुढामगर, सबिन घिमिरे, रमेश वलि, गणेश सुवेदी, दीपक बोहरा, अनिल घर्ती, किशनबाबु बस्नेत लगायतका कलाकारको अभिनय सिरियलमा देख्न सकिनेछ ।
सिरियल प्रसारणका लागि अहिलेस्म्म ४ भागसम्म सुटिङ सकिएको छ । सिरियलमा शिव विकको छायांकन, सन्दीप चौधरीको सम्पादन रहेनछ ।
विनय कार्कीको संगीत रहेको सिरयिल समाजको विकृति र विसङ्गति खेलाउँदै त्यसको विषयमा चेतना प्रवाह गर्न निर्माण गरिएको निर्देशक भुषाल बताउँछन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रहरी सहायक हवल्दार विष्ट मधेस प्रदेशको उत्कृष्ट ट्राफिक घोषित
-
१० बजे १० समाचार : रास्वपाले ठाडै मिच्यो संविधानदेखि सुकुमबासीको चेतावनीसम्म
-
कोशी प्रदेशमा २ अर्ब ८ करोडका ४ ठुला परियोजना स्वीकृत
-
बधाई साटासाटमा व्यस्त रास्वपाका नेता–कार्यकर्ता, तस्बिरमा हेर्नुहोस्
-
मुस्ताङमा सशस्त्र प्रहरीको विपद् प्रतिकार्य अभ्यास
-
बारामा ९३ हजार मेट्रिकटन भन्दा बढी धान उत्पादन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण