कांग्रेसद्वारा जिल्ला समन्वय समितिको उम्मेदवार घोषणा
कैलाली । नेपाली कांग्रेसले जिल्ला समन्वय समिति कैलालीको प्रमुखका लागि पार्टीबाट टीका चौधरी भुललाई उम्मेदवार बनाउने निर्णय गरेको छ ।
पार्टीको जिल्ला कार्यसमितिको बैठकले उम्मेदवारीका लागि जिल्ला समन्वय समितिका प्रमुखको उम्मेदवारका लागि भुलको नाम सर्वसम्मतले सिफारिस गरेको हो ।
प्रमुख पदको उम्मेदवारका लागि सिफारिस भएका भुल कैलारी गाउँपालिका वडा नं २ को दलित महिला सदस्यको वडा सदस्यमा निर्वाचित भएको नेपाली कांग्रेसका जिल्ला सचिव नृपबहादुर सुनारले बताए ।
जिल्ला समन्वय समिति कैलालीका तत्कालीन समन्वय प्रमुख पदम कलेलको २०७९ पुस २३ गते निधन भएपछि प्रमुखको पद रिक्त रहेको छ । समितिको अध्यक्षका लागि आगामी मङ्सिर १६ गते उपनिर्वाचन हुने तय भएको छ ।
सो निर्वाचनमा नेपाली कांग्रेस, नेकपा (एमाले), नेकपा (माओवादी केन्द्र), नेकपा एकीकृत समाजवादी र नागरिक उन्मुक्ति पार्टीका जनप्रतिनिधिले मतदान गर्न पाउने छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कतार र स्विट्जरल्यान्डबिचको दोस्रो हाफको खेल सुरु
-
पहिलो हाफमा कतार १–० ले पछि, एम्बोलोको पेनाल्टी गोलमा स्विट्जरल्यान्डको अग्रता
-
स्विट्जरल्यान्डको अग्रता कायमै
-
स्विट्जरल्यान्डको सुरुवाती अग्रता: १७ औँ मिनेटमा एम्बोलोको गोल
-
कतार र स्विट्जरल्यान्डको खेल सुरु
-
सन् २०२२ को प्रदर्शन सुधार्ने कतारको लक्ष्य
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण