उपनिर्वाचन
ओखलढुंगा जिल्ला समन्वय समितिमा कांग्रेसका उम्मेदवार निर्विरोध निर्वाचित
आइतबार, ०२ मङ्सिर २०८१, १९ : ५९
काठमाडौँ । स्थानीय तह उपनिर्वाचन—२०८१ मा ओखलढुंगा जिल्ला समन्वय समितिको प्रमुख पदमा कांग्रेसका उम्मेदवार निर्विरोध निर्वाचित भएका छन् ।
सो पदमा उम्मेदवारी दिएका नेपाली कांग्रेसका उम्मेदवार टेकराज भट्टराई निर्विरोध निर्वाचित भएका हुन् ।
नेपाली कांग्रेसका उम्मेदवारलाई निर्विरोध निर्वाचित गराउन सहयोग गरेको भन्दै कांग्रेसले अन्य राजनीतिक दल एवं सम्पूर्ण जनप्रतिनिधिहरुलाई धन्यवाद दिएको छ ।
निर्वाचन आयोगले भने उनी निर्विरोध भएको औपचारिक रुपमा घोषणा गरिसकेको छैन । आइतबार स्थानीय तह उपनिर्वाचनका लागि ४४ स्थानमा मनोनयन दर्ता गराइएको थियो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
आरक्षण कटौती गरिए कर्मचारीतन्त्रमा दलितको सहभागिता सवा प्रतिशत पनि रहँदैन : सचेतक परियार
-
भाइरलको दौड हैन, सदाबहार सिर्जना रोज्दै बबिता
-
गाजापट्टीमा नागरिक तथा नागरिक पूर्वाधारको संरक्षण गर्न राष्ट्रसङ्घको आह्वान
-
एमालेमा पार्टी शुद्धीकरण र पुनर्गठन अभियान : प्रदेशबाट थालियाे सुझाव सङ्कलन
-
जनसाङ्ख्यिक लाभांशमार्फत मधेसको आर्थिक रूपान्तरण कसरी गर्ने ?
-
आर्थिक र प्राविधिक अभावले करोडौँका डायलासिस मेसिन प्रयोगविहीन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण