अवरूद्ध कर्णाली राजमार्ग सञ्चालनमा
शुक्रबार, ०७ मङ्सिर २०८१, २२ : १८
नौमुले । जुम्लाबाट टिकापुर जाँदै गरेको ना ४ ख ६०५६ नम्बरको बस कर्णाली राजमार्गअन्तर्गत दैलेखको आठविस नगरपालिका–३ सिस्नेमा दुर्घटना हुँदा अवरूद्ध भएको कर्णाली राजमार्ग सञ्चालनमा आएको छ ।
बसको ब्रेक फेल हुँदा भित्तामा ठोकिएर सडकमा तेर्सिएर राजमार्ग अवरूद्ध भएको थियो । राजमार्गमै बस ठोकिएर सडकमा तेर्सिएपछि राजमार्ग अवरूद्ध भएको थियो । राजमार्ग अवरूद्ध हुँदा यातायात आवागमन रोकिएको भए राति ८ बजेदेखि अवरुद्ध राजमार्ग सञ्चालनमा आएको जिल्ला ट्राफिक कार्यालय दैलेखका प्रमुख टोपबहादुर महताराले जानकारी दिए ।
प्रहरीका अनुसार आठ जना घाइते भएका छन् । उनीहरूको उपचारका लागि सुर्खेत पठाइएको छ । बसमा ३२ जना सवार थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
२४ वर्षको खडेरी तोड्ने लक्ष्यका साथ मैदानमा ब्राजिल
-
ब्राजिल भर्सेस मोरक्कोः सुरुवाती ११ सार्वजनिक, नेयमार बिना नै मैदानमा ब्राजिल
-
ब्राजिल भर्सेस मोरक्को
-
अमेरिका र इरानबिच आइतबार शान्ति सम्झौता हुने ट्रम्पको दाबी
-
यो साता यी राशिहरूका लागि लाभको संकेत
-
विश्वकपमा कतारको पहिलो अंक: स्विट्जरल्यान्डसँग रोमाञ्चक बराबरी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण