निर्यात बढेपछि घट्यो देशको व्यापार घाटा
काठमाडौँ । निर्यात बढेपछि देशको कुल व्यापारमा सुधार आएको छ । चालु आर्थिक वर्षको कार्तिक मसान्तसम्मको भन्सार विभागको तथ्यांकले ४.१६ प्रतिशतले निर्यात बढेको देखाएको छ ।
अघिल्लो वर्षको यसै अवधिमा ५० अर्ब ५६करोड बराबरको वस्तु निर्यात भएको विभागको तथ्यांकमा उल्लेख छ । चालु वर्ष ५२ अर्ब ६७ करोड बराबरको वस्तु निर्यात भएको छ । निर्यात बढेसँगै देशको व्यापार घाटामा पनि सुधार देखिएको छ । अघिल्लो वर्षको तुलनामा देशको व्यापार घाटा ०.२६ प्रतिशतले घटेको छ ।
अघिल्लो वर्ष ४ खर्ब ६१ अर्ब ९३ करोडको व्यापार घाटा देखिएको थियो । चालु वर्षमा ४ खर्ब ६० अर्ब ७१ करोड बराबर देशको व्यापार घाटा रहेको छ । यसैगरी गत वर्षको तुलनामा यस वर्ष आयात पनि बढेको छ । चालु वर्ष ५ खर्ब १३ अर्ब ३८ करोड बराबरको वस्तु आयात भएको छ ।
अघिल्लो वर्षको यसै अवधिमा ५ खर्ब १२ अर्ब ५० करोड बराबरको वस्तु आयात भएको थियो । त्यसैले अघिल्लो वर्षको तुलनामा ०.१७ प्रतिशतले निर्यात बढेको छ ।
चालु आर्थिक वर्षको कार्तिक मसान्तसम्ममा ५ खर्ब ६६ अर्ब ५ करोेड बराबरको वैदेशिक व्यापार भएको छ । अघिल्लो वर्षको यसै अवधिमा ५ खर्ब ६३ अर्ब ६ करोड बराबरको वस्तु व्यापार भएको थियो ।
जसअनुसार अघिल्लो वर्षको यसै अवधिको तुलनामा ०.५३ प्रतिशतले कुल वैदेशिक व्यापारमा सुधार देखिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कतार र स्विट्जरल्यान्डबिचको दोस्रो हाफको खेल सुरु
-
पहिलो हाफमा कतार १–० ले पछि, एम्बोलोको पेनाल्टी गोलमा स्विट्जरल्यान्डको अग्रता
-
स्विट्जरल्यान्डको अग्रता कायमै
-
स्विट्जरल्यान्डको सुरुवाती अग्रता: १७ औँ मिनेटमा एम्बोलोको गोल
-
कतार र स्विट्जरल्यान्डको खेल सुरु
-
सन् २०२२ को प्रदर्शन सुधार्ने कतारको लक्ष्य
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण