पूरा भयो ट्रम्पको मन्त्रीमण्डल
वासिङ्टन डिसी । अमेरिकामा राष्ट्रपतिमा निर्वाचित भएका डोनाल्ड ट्रम्पले आफ्नो मन्त्रीमन्डललाई पूर्ण बनाएका छन् । लामो समयदेखिकी आफ्नी सहयोगी ब्रूक रोलिन्सलाई उनले कृषि मन्त्री नियुक्त गरेका छन् ।
शनिबार मध्याह्न अबेरतिर उनले यो घोषणा गरेका हुन् । कृषि मन्त्रालयको जिम्मेवारी दिन उनले बौद्धिक समूह अमेरिका फर्ष्ट पोसिली इन्ष्टिच्युटकी प्रमुखलाई रोजेका छन् । देशको सच्चा मेरुदण्ड अमेरिकी कृषकहरूलाई जोगाउने प्रयासको कमान्ड ब्रूकले आफ्नो हातमा लिने एउटा विज्ञप्तिमा ट्रम्पले भनेका छन् । योसँगै ट्रम्पको मन्त्रिमण्डल पूरा भएको छ ।
को हुन् ब्रूक रोलिन्स ?
कयौँ वर्षदेखि रोलिन्स ट्रम्पकी शीर्ष सहयोगी हुन् । उनी ट्रम्पको पहिलो कार्यकालमा ह्वाइट हाउसमा ट्रम्पकी पूर्व सहयोगी समेत रहिसकेकी छिन् ।
उनले अफिस फर अमेरिकन इनोभेशनको निर्देशक र डोमेष्टिक पोसिली काउन्सिलमा कार्यकारी निर्देशकको रूपमा समेत काम गरेकी छिन् ।
उनको मनोनयनलाई सिनेटले पारित गर्यो भने रोलिन्सले कृषि क्षेत्रलाई दिइने सहुलियत, संघीय पोषण कार्यक्रम, मासु निरीक्षण एवम् कृषि, खाद्य र वन उद्योगका अन्य पक्षहरू हेर्नेछिन् ।
उनले अमेरिका, क्यानडा र मेक्सिकोबिचको व्यापार वार्तामा पुनः छलफलमा पनि मुख्य भूमिका निर्वाह गर्नेछिन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
किचकबधमा नवौँ चरणको उत्खनन सुरु
-
अमेरिकी भिसा विवादका बिच इरानी टोली मेक्सिको पुग्यो
-
शीर्ष नेतृत्वमा युद्धविराम प्रस्तावमा कुनै मतभेद र विभाजन नभएको इरानको दाबी
-
सम्झौताअघि इरानको रोक्का सम्पत्ति रिहा नगर्ने ट्रम्पको दाबी
-
ओलीका स्वकीय सचिव बज्राचार्यलाई अख्तियारले भरायो १३ पन्ने फारम
-
हिमाली क्षेत्रमा असुरक्षा बढ्दै गएको भन्दै सुरक्षाको माग
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण