भेनेजुएली सुरक्षा बलद्वारा अर्जेन्टिनी दूतावास घेराउ
कारकास । भेनेजुएलाका सशस्त्र सुरक्षा बलका जवानहरूले राजधानी कारकासमा रहेको अर्जेन्टिनी दूतावासमा घेरा हालेका छन् । त्यहाँका प्रतिपक्ष दलका नेताहरूले यस्तो बताएका हुन् । प्रतिपक्ष दलका ६ जना सदस्यहरूले दूतावासमा शरण लिइरहेका छन् ।
जुलाईको राष्ट्रपति निर्वाचनपछि सरकारी अधिकारीहरूले समात्ने भयमा उनीहरू भागेर अर्जेन्टिनी दूतावासको शरणमा गएका थिए । पेद्रोे उर्रुचुर्तु मार्च देखि नै दूतावासभित्र छन् । उनी प्रतिपक्ष दलका नेता मारिया कोरिना माचादोका अन्तर्राष्ट्रिय संयोजन पनि हुन् । राष्ट्रिय प्रहरीका हतियारधारी जवानहरूले दूतावास आसपासको सडक बन्दै गरेको शनिवार माइक्रोब्लगिङ वेबसाइट एक्समा उर्रुचुर्तुले लेखेका थिए ।
दूतावासमाथि ड्रोनहरू उडिरहेको र फोन सिग्नल पनि ठप्प पारिएको उनले भनेका छन् । ओमार गोन्जालेज दूतावासभित्र बसिरहेका विपक्षी दलका सदस्य हुन् । उनले पनि एक्समा दूतावासको भवनबाहिर भेनेजुएली प्रहरीहरू तैनाथ रहेको एउटा भिडियो हालेका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
खल्ला मसेटीमा स्वास्थ्य शिविर सम्पन्न
-
सिमकोट गाउँपालिकाद्वारा २० विद्यालयलाई ल्यापटप वितरण
-
मध्यपूर्वमा पुनः युद्धको शंखघोषः इरानद्वारा इजरायलमाथि मिसाइल प्रहार, गाजाका सबै नाका बन्द
-
रास्वपा खोटाङको सभापतिमा थापा
-
मध्यपूर्वमा तनाव: इराक र सिरियाद्वारा हवाई क्षेत्र बन्द
-
अनुसन्धान र नवप्रवर्तन सम्बन्धी सम्मेलन सम्पन्न
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण