बागमतीका २ सचिवलाई थप जिम्मेवारी तोक्ने निर्णय
हेटौँडा । बागमती प्रदेश सरकारले २ सचिवलाई थप जिम्मेवारी दिने निर्णय गरेको छ । प्रदेश सरकारको सोमबार बसेको मन्त्रिपरिषद् बैठकले संस्कृति तथा पर्यटन मन्त्रालय र युवा तथा खेलकुद मन्त्रालयमा सचिवको जिम्मेवारी तोकेको हो ।
बैठकले सामाजिक विकास मन्त्रालयमा कार्यरत बद्रीनाथ गैरेलाई युवा तथा खेलकुद मन्त्रालय र उद्योग वाणिज्य भूमि तथा प्रशासन मन्त्रालयमा कार्यरत सचिव राजेन्द्र केसीलाई संस्कृति तथा पर्यटन मन्त्रालयको थप जिम्मेवारी तोकेको सरकारको प्रवक्ता एवम् आन्तरिक मामिला तथा कानुन मन्त्री सुरजचन्द्र लामिछानेले जानकारी दिए । प्रदेशमा सचिव स्तरको कर्मचारी अभाव हुँदा दैनिक कार्य प्रभावित भएपछि अन्य मन्त्रालयमा कार्यरत सचिवहरूलाई थप जिम्मेवारी तोकेको उनले बताए ।
बैठकले स्वास्थ्य संस्था सञ्चालन तथा व्यवस्थापन समिति सम्बन्धी नियमावली २०८१ र प्रदेश स्वास्थ्य सेवा दोस्रो संशोधन नियमावली २०८१ स्वीकृति प्रदान गर्ने निर्णय गरेको छ । गत मन्त्रिपरिषद् बैठकले उक्त नियमावलीहरूलाई आवश्यक छलफलका लागि मन्त्रीस्तरीय समितिमा पठाउने निर्णय गरेको थियो । उक्त समितिमा छलफल पश्चात् प्राप्त नियमावलीलाई मन्त्रिपरिषद् बैठकले स्वीकृत गर्ने निर्णय गरेको हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
युवालाई कृषिमा आकर्षित गर्दै हेटौँडाको जोड, सिँचाइ र स्वदेशी बीउ उत्पादनमा प्राथमिकता
-
तपाईँलाई पनि मुखको क्यान्सर त छैन ?
-
बालेन सरकारले सिक्काबाट नेपालको चुच्चे नक्सा हटाउन लागेको हो ?
-
कुन दाल कतिबेला खाने ? तपाईँलाई थाहा छ ?
-
‘लेवल’ नभएका ‘फुटवेयर’ विक्रीवितरण नगर्न विभागको आग्रह
-
कञ्चनपुर जिल्ला अदालत : मुद्दा फछ्र्यौटमा सुधार
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण