‘सतीदेवी’सहित तीन फिल्म विशेष घोषित
काठमाडौँ । समाजमा छोरीको महत्वको सन्देश दिने फिल्म ‘सतीदेवी’ सहित दुई आदिवासी जनजाति फिल्म २०८० सालका विशेष फिल्म घोषित भएका छन् । बुधबार साँझ राष्ट्रपति कार्यालय शीतल निवासमा आयोजित ‘राष्ट्रिय चलचित्र पुरस्कार २०८०’मा राष्ट्रपति रामचन्द्र पौडेलले सबै फिल्मलाई पुरस्कार प्रदान गरे ।
लक्ष्मण सुवेदी निर्देशित फिल्म ‘सतीदेवी’ नेपाली भाषातर्फ विशेष फिल्म घोषित हुँदा लिम्बु भाषाको ‘सुगुप’ र गुरुङ भाषाको ‘मार्तली’ आदिवासी जनजाति फिल्म तर्फ विशेष घोषित भएका हुन् ।
विशेष फिल्म घोषित भएसँगै तीनै फिल्मले दुई दुई लाख रुपैयाँ पुरस्कार प्राप्त गरेका छन् । फिल्मको सबटाइटलिङको लागि नगद पुरस्कार दिइने चलचित्र विकास बोर्डले जनाएको छ ।
‘सतीदेवी’ विशेष चलचित्र भएपछि फिल्मका निर्माता, लेखक समेत निर्देशक सुवेदीले आफुले गरेको मिहिनेत सफल भएको प्रतिक्रिया दिए । ‘फिल्म अब विदेशका विभिन्न ठाउँमा देखाउने छु’, सुवेदीले भने ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कतार र स्विट्जरल्यान्डबिचको दोस्रो हाफको खेल सुरु
-
पहिलो हाफमा कतार १–० ले पछि, एम्बोलोको पेनाल्टी गोलमा स्विट्जरल्यान्डको अग्रता
-
स्विट्जरल्यान्डको अग्रता कायमै
-
स्विट्जरल्यान्डको सुरुवाती अग्रता: १७ औँ मिनेटमा एम्बोलोको गोल
-
कतार र स्विट्जरल्यान्डको खेल सुरु
-
सन् २०२२ को प्रदर्शन सुधार्ने कतारको लक्ष्य
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण