पाँच वर्षका लागि वर्ल्डलिङ्कले पायो दुईवटा लाइसेन्स
काठमाडौं । दूरसञ्चार सेवाप्रदायक कम्पनी वर्ल्ड लिङ्कको लाइसेन्स नवीकरण भएको छ । बिहीबार नेपाल दूरसञ्चार प्राधिकरणले वल्र्डलिङले पाएको इन्टरनेट सेवा प्रदायक (आईएसपी) र नेटवर्क सेवा प्रदायक (एनएसपी) को लाइसेन्स पाएको प्राधिकरणका प्रवक्ता सन्तोष पौडेलले जानकारी दिए ।
यसमध्ये आईएसपीको लाइसेन्स २०८० चैत १६ गतेदेखि लागु हुनेछ । एनएसपीको लाइसेन्स भने २०८१ साउन १९ गतेदेखि लागू हुनेछ । नयाँ लाइसेन्सको अवधि ५ वर्ष रहेको प्रवक्ता पौडेलको भनाइ छ । यसअघि वर्ल्डलिङ्कले दुई साताअघि प्राधिकरणलाई रोयल्टी र ग्रामीण दूरसञ्चार शुल्कबापत २ अर्ब १५ करोड रुपैयाँ बराबरको शुल्क प्राधिकरणमा दाखिला गरेको थियो ।
सोसँगै प्राधिकरणले नवीकरण प्रक्रिया अघि बढाएको थियो । आवश्यउक प्रक्रिया पूरा गरेपछि आज लाइसेन्स दिइएको हो । नेपाल दूरसञ्चार प्राधिकरण ऐनमा दूरसञ्चार सेवा प्रदायकलाई पहिलोपटक २५ वर्ष र त्यसपछि ५५ वर्षसम्मका लागि नयाँ लाइसेन्स लिन सकिने व्यवस्था छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
२४ वर्षको खडेरी तोड्ने लक्ष्यका साथ मैदानमा ब्राजिल
-
ब्राजिल भर्सेस मोरक्कोः सुरुवाती ११ सार्वजनिक, नेयमार बिना नै मैदानमा ब्राजिल
-
ब्राजिल भर्सेस मोरक्को
-
अमेरिका र इरानबिच आइतबार शान्ति सम्झौता हुने ट्रम्पको दाबी
-
यो साता यी राशिहरूका लागि लाभको संकेत
-
विश्वकपमा कतारको पहिलो अंक: स्विट्जरल्यान्डसँग रोमाञ्चक बराबरी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण