चार जना प्रहरी उपरीक्षक वरिष्ठ उपरीक्षक पदमा बढुवा सिफारिस
बिहीबार, १३ मङ्सिर २०८१, २२ : ३५
काठमाडौँ । नेपाल प्रहरीको स्वास्थ्य उपसमूह, चिकित्सकतर्फका ४ जना प्रहरी उपरीक्षकलाई वरिष्ठ उपरीक्षक पदमा बढुवा गरिएको छ । गृह मन्त्रालय अन्तर्गतको बढ्वा समितिको सचिवालय बैठकले बिहीबार ४ जनालाई बढुवा सिफारिस गरेको हो ।
बढुवा हुनेहरुमा नेपाल प्रहरी अस्पताल रेडियोलोजी शाखा महाराजगंजमा कार्यरत डा.केदार खड्गी, नेपाल प्रहरी अस्पताल मेडिसिन शाखा महाराजगञ्जमा कार्यरत डा.छन्दबहादुर बुढाथोकी, गण्डकी प्रदेश प्रहरी अस्पतालमा कार्यरत डा.पवनकुमार राय, नेपाल प्रहरी अस्पताल डेन्टल शाखा महाराजगञ्जमा कार्यरत डा. सुवर्ण कुवर रहेका छन् ।
सचिवालयले प्रहरी नियमावली २०७१ (संशोधनसहित) को उपनियम ४ अनुसार बढुवा सिफारिस सूची प्रकाशित गरिएको जानकारी दिएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
आज पनि उत्तिकै सान्दर्भिक छन् जोन मेन्यार्ड किन्स
-
आरक्षण कटौती गरिए कर्मचारीतन्त्रमा दलितको सहभागिता सवा प्रतिशत पनि रहँदैन : सचेतक परियार
-
भाइरलको दौड हैन, सदाबहार सिर्जना रोज्दै बबिता
-
गाजापट्टीमा नागरिक तथा नागरिक पूर्वाधारको संरक्षण गर्न राष्ट्रसङ्घको आह्वान
-
एमालेमा पार्टी शुद्धीकरण र पुनर्गठन अभियान : प्रदेशबाट थालियाे सुझाव सङ्कलन
-
जनसाङ्ख्यिक लाभांशमार्फत मधेसको आर्थिक रूपान्तरण कसरी गर्ने ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण