सहिद स्मृति आवासीय विद्यालय ‘बेस्ट प्लाटुन’ बन्न सफल
विराटनगर । सुनसरी इटहरीस्थित तरहरामा रहेको सहिद स्मृति आवासीय विद्यालय वार्षिक सामूहिक क्याम्पसको अवधिमा सञ्चालन भएका विभिन्न प्रतियोगिताहरूमा उत्कृष्ट प्रदर्शन गर्दै बेस्ट प्लाटुन हुन सफल भएको छ ।
नेपाली सेनाद्वारा सञ्चालन हुने राष्ट्रिय सेवा दल पूर्वी तालिम शिक्षालयको तालिमबाट उक्त विद्यालयले वेस्ट प्लाटुनको शिल्ड जितेको हो । सि.सं.५० जुनियर डिभिजन तालिमको वार्षिक सामूहिक क्याम्प (पहिलो चरण) दीक्षान्त समारोहका अवसरमा शुक्रवार उक्त विद्यालयलाई शिल्ड प्रदान गरिएको हो ।
उक्त विद्यालयकी प्रधानाध्यापक रिता फुयाल र समन्वय शिक्षक रामचन्द्र चौधरीलाई कार्यक्रमका प्रमुख अतिथि तथा नेपाली सेना पूर्वी पृतना हेडक्वार्टर पृतनापति पवनराज घिमिरेले शिल्ड प्रदान गरेका थिए । यस्तै सहिद स्मृति विद्यालयकै क्याडेट सुस्मिता दाहालले भने मोडल ब्रिफिङ प्रतियोगितामा वेस्ट स्पिकर भई प्रथम स्थान हासिल गर्न सफल भएकी छन् ।
कोशी प्रदेशका सुनसरी, झापा, इलाम, पाँचथर, धनकुटा, ताप्लेजुङ र तेह्रथुम, मधेस प्रदेशका ३ जिल्ला धनुषा, सर्लाही र बारा र बागमती प्रदेशको सिन्धुली जिल्ला गरी जम्मा ११ वटा जिल्लाका १५ वटा विद्यालयहरूबाट ५२७ जना क्याडेट छात्र/छात्राहरू सहभागी थिए । जसलाई सगरमाथा गणको क, ख, ग, घ र ङ गुल्मको संरचनामा दीक्षान्त कवाज प्रदर्शन गराइएको थियो ।
शिक्षा मन्त्रालयसँगको समन्वयमा विद्यालय तथा विद्यार्थी छनौट गरी एक सय दिनको तालिम सञ्चालन भएको छ । पहिलो चरणमा ७९ दिनको संस्थागत तालिम र दोस्रो चरणमा २१ दिनको वार्षिक सामूहिक क्याम्प सञ्चालन गर्ने गरिएको नेपाली सेनाले जनाएको छ ।
तालिममा खाली हात ड्रिल, खुकुरी ड्रिल, तेक्वान्दो, एरोबिक्स, साधारण सैनिक ज्ञान प्रदान गरिएको थियो भने २१ दिनको वार्षिक सामूहिक तालिम क्याम्पसको दौरान, संस्थागत तालिमको दौरामा सिकेका पाठहरूलाई स्तरोन्नति गर्दै विभिन्न विषयका विशेषज्ञहरूबाट कक्षा सञ्चालन गर्ने तथा हाइकिङ, सामाजिक कार्य, खेलकुद, सांस्कृतिक कार्यक्रम र विभिन्न प्रतियोगितात्मक गतिविधिहरू समेत सञ्चालन गर्ने गरिएको छ ।
२०७४ साल वैशाख २९ गते राष्ट्रिय सेवा दल पूर्वी तालिम शिक्षालय स्थापना भएको हो । उक्त शिक्षालयले हालसम्म सिनियर र जुनियर डिभिजनतर्फ गरी ७४ हजार ४७६ जना क्याडेटहरुलाई तालिम गराई युवा छात्र/छात्राहरूको व्यक्तित्व विकास तथा राष्ट्रियताको भावना जागृत गराउँदै राष्ट्र विकासमा महत्त्वपूर्ण भूमिका निर्वाह गर्दै आइरहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
दुर्गा प्रसाईंलाई सीआईबीले लियो बयान, विश्नोईको नाममा धम्क्याउन ५ लाख दिएको स्वीकार
-
देशभरका निर्माण व्यवसायीहरू काम ठप्प पारी कन्स्ट्रक्सन होलिडेमा जाने चेतावनी
-
बीमा प्राधिकरणका अध्यक्षबाट नागरिकता र राहदानीमा जालझेल !
-
नेपाल बीमा प्राधिकरणका अध्यक्ष सिलवालविरुद्ध भ्रष्टाचार मुद्दा दायर
-
१२ बुँदे सहमति जस्तै शिक्षाको सुधारका लागि १२ बुँदे सहमति गर्नुपर्छ: सुमना श्रेष्ठ
-
इजरायल—प्यालेस्टाइन युद्धबारे सरकारले आफ्नो धारणा स्पष्ट पार्नुपर्छः भट्टराई