६० प्रतिशतभन्दा बढी मत खस्ने अनुमान
काठमाडौँ । स्थानीय तह उपनिर्वाचन अन्तर्गत ६० प्रतिशतभन्दा बढी मत खस्ने निवमाृचन आयोगले अनुमान गरेको छ । निर्वाचन आयोगका एक अधिकृतका अनुसार ६० प्रतिशत बढी मत खस्ने अनुमान गरिएको हो ।
‘आयोगले मतदानको रेसियो हेर्दा ६० प्रतिशत बढि मत खस्ने अनुमान गरिएको छ’ उनले भने । दिउँसो १ बजेसम्म समग्रमा ४५ प्रतिशत मतदान सम्पन्न भइसकेको छ । निर्वाचन आयोगका अनुसार सबै स्थानमा मतदाताहरु उत्साहजनक रुपमा सहभागी भइरहेका छन् र अहिलेसम्म सवै स्थानमा शान्तिपुर्ण ढंगले मतदान पनि भइरहेको छ ।
यो उपनिर्वाचनमा २ लाख २६ हजार ७९९ मतदाताले मताधिकार प्रयोग गर्दैछन् । नगरपालिका प्रमुख, उपप्रमुख, गाउँपालिका प्रमुख, उपप्रमुख र वडाध्यक्षका लागि ४१ पदमा मतदान भइरहेको छ । यो उपनिर्वाचनमा ३७६ जना उम्मेदवार मैदानमा छन् । उपनिर्वाचनका लागि १६२ मतदानस्थल र २९३ मतदान केन्द्र तोकिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
आरक्षण कटौती गरिए कर्मचारीतन्त्रमा दलितको सहभागिता सवा प्रतिशत पनि रहँदैन : सचेतक परियार
-
भाइरलको दौड हैन, सदाबहार सिर्जना रोज्दै बबिता
-
गाजापट्टीमा नागरिक तथा नागरिक पूर्वाधारको संरक्षण गर्न राष्ट्रसङ्घको आह्वान
-
एमालेमा पार्टी शुद्धीकरण र पुनर्गठन अभियान : प्रदेशबाट थालियाे सुझाव सङ्कलन
-
जनसाङ्ख्यिक लाभांशमार्फत मधेसको आर्थिक रूपान्तरण कसरी गर्ने ?
-
आर्थिक र प्राविधिक अभावले करोडौँका डायलासिस मेसिन प्रयोगविहीन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण