‘बम बहादुर’मा रहस्यमय सौगात
काठमाडौँ । अभिनेता सौगात मल्लको मुख्य भूमिका रहेको फिल्म ‘बम बहादुर’ आगामी पुस ५ गतेबाट सार्वजनिक प्रदर्शनमा आउँदैछ । प्रदर्शन मिति नजिकिँदै गर्दा निर्माण युनिटले फिल्मको ट्रेलर सार्वजनिक गरेको छ । ट्रेलरमा सस्पेन्स, थ्रिलर र सोसल ड्रामा समेटिएको छ ।
ट्रेलर हेर्दा अभिनेता अभिनेता मल्ल विद्रोही भूमिका रहेको अनुमान गर्न सकिन्छ । फिल्मले भारतको दार्जिलिङ क्षेत्रको कथा उठान गरेको छ । फिल्मले भारतको दार्जिलिङलगायत पहाडी क्षेत्रमा बसोबास गर्ने नेपालीको कथा र सङ्घर्ष देखाउन खोजेको निर्देशक जोन राईले बताए ।
नेपाल र भारतमा एकै दिन रिलिज हुने यो फिल्म १९० को दशक, अर्थात् आजभन्दा करिब ३ वर्षअघि भएका घटनाहरूमाथि छ । निर्देशक राईले फिल्मलाई भारतका नेपाली समुदायले भोगेको सङ्घर्षको इतिहासको डिजिटल दस्ताबेजको समेत भन्छन् ।
फिल्मका निर्माता सञ्जीव सार्की हुन् । बिस्ट ब्रदर्स फिल्म्स प्रा.लिको ब्यानरमा निर्माण भएको फिल्ममा सौगातको अलवा प्रशान्त राई, अनिशा रसाइली, भास्कर प्रधान, महेन्द्र बग्दास, मदन भुजेल, भरत वशिष्ठ, अजय प्रधान, शान्तिला तामाङ, रिया भुजेल, बाल कलाकार वशिस्ट कार्की, सुरेश पन्चकोटी, प्रभात पाख्रिन, बादल क्षेत्री, धीरज चाम्लिङ लगायतको अभिनय छ ।
जोन राई र रुपेश तामाङको कथा र पटकथा रहेको फिल्म छायाङ्कन सुजोय कुमार घोष ‘मुन्ना’ले गरेका हुन् भने सम्पादन ज्ञान गुरुङको रहेको छ । फिल्ममा सङ्गीत तथा गीत दीपङ्कर सिंह मुखियाले तयार पारेका हुन् भने म्युजिक एरेन्जमेन्ट तथा ब्याकग्राउन्ड स्कोर इजाज अलीको छ । प्रोड्युसर प्रकाश हमाल लाइन प्रोडुसर रहेको फिल्म रिच इन्टरटेन्मेन्ट र एफडी कम्पनीले वितरण गर्दै छ । पोस्ट प्रोडक्शन नेपालमा क्लासिक सिने युनिभर्स र भारतमा हिलिङ अक्टेभ्ज स्टुडियो रहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
तिलगंगाबासी भन्छन् – ‘हामी सुकुमबासी होइनौँ, राज्यले अधिकार हनन् गर्यो’
-
बाराको त्रिवेणी मिल्समा लागेको आगो नियन्त्रणमा
-
नीतिगत तथा संस्थागत कब्जा अन्त्य गर्न निर्मम बन्छौँ : अर्थमन्त्री वाग्ले
-
सामाजिक सुरक्षा कोषलाई श्रम मन्त्रालयअन्तर्गत ल्याउनुपर्ने जेटियुसीसीको माग
-
परीक्षामा बरामद गरिएका ४९६ थान मोबाइल नष्ट, के भन्छ सिरहा प्रहरी ?
-
इजरायली हवाई आक्रमणमा ४ जनाको मृत्यु, लेबनान युद्धविराम सम्झौता सङ्कटमा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण