टर्की, इजिप्ट, कतार, साउदीलगायत देशले गरे इजरायलको निन्दा, असद पतनको फाइदा नउठाउन चेतावनी
काठमाडौं । सिरियामा इस्लामिक विद्रोहीहरुले अन्तरिम प्रधानमन्त्री नियुक्त गरेसँगै मध्यपूर्वका अन्य देशहरुले यजरायलबारे गम्भीर टिप्पणी गरेका छन् । उनीहरुले इजरायल बशर अल असद शासन पतनको फाइदा उठाइरहेको भन्दै निन्दा गरेका हुन् । यसरी निन्दा गर्नेमा टर्की, इजिप्ट, कतार, साउदीसहितका देशहरु सामेल छन् ।
विद्रोहीहरुले मोहम्मद अल बशीरलाई नयाँ अन्तरिम प्रधानमन्त्री बनाएका छन् । उनले असद राष्ट्रपति हुँदा विद्रोहीले कब्जा जमाएको एक छोटो हिस्सालाई प्रशासित गरेका थिए । योसँगै विद्रोहीहरुले अब असदले गरका अत्याचारको एकपछि अर्को पर्दाफास गर्ने रणनीति बनाएका बुझिएको छ । विद्रोही नेताहरुले राजनीतिक कैदीमाथि अत्याचार गर्ने मामिलामा संलग्न असद शासनका वरिष्ठ अधिकारीहरुको नाम सार्वजनिक गर्ने उदघोष गरिसकेका छन् ।
दमास्कसमा रहेका विद्रोही लडाकुहरुले अस्पतालको मुर्दा घरमा अहिले पनि ४० भन्दा बढी शव देखिएका छन् ती शव हेर्दा चरम यातनाका निशानहरु देखिएको बताएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जङ्गली हात्ती बस्तीमा पसेपछि स्थानीय त्रसित
-
नेकपा एकीकृत समाजवादी लुम्बिनीको अधिवेशन फागुन २१ गते हुने
-
१० बजे १० समाचार : कविता बहसदेखि महिला विश्वकपमा नेपालको डेब्यूसम्म
-
६ महिनामा ३ लाख ९३ हजारले लिए श्रम स्वीकृति
-
कोशी प्रदेशका पूर्व मुख्यमन्त्री थापामाथि हातपात
-
ट्रकको ठक्करबाट मृत्यु भएका मोटरसाइकल चालकको शव उठाउने सहमति