एनपीएलमा आज : जनकपुर र सुदूरपश्चिम तथा लुम्बिनी र काठमाडौँ भिड्दै

काठमाडौँ । नेपाल प्रिमियर लिग (एनपीएल)मा आज पनि दुई खेल हुने भएका छन् । पहिलो खेलमा सुदूरपश्चिम रोयल्स र जनकपुर बोल्ट्सबिच प्रतिस्पर्धा हुनेछ । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा हुने यो खेल बिहान ९ बजेदेखि सुरु हुनेछ ।
खेलमा जनकपुर जितसहित प्लेअफ पुग्ने पहिलो टिम बन्ने लक्ष्यमा हुनेछ ।प्रतियोगिताको एक मात्र अपराजित जनकपुरले यसअघिका चारमध्ये चारै खेलमा जित निकालेको जनकपुर तालिकाको शीर्ष स्थानमा छ ।
यता, चारमध्ये तीन खेलमा जित निकालेको सुदूरपश्चिम पनि आजको खेलमा जितसहित प्लेअफको सम्भावनालाई बलियो बनाउने लक्ष्यमा हुनेछ । चार खेलबाट ६ अंक जोडेको सुदूरपश्चिम तालिकाको दोस्रो स्थानमा छ ।
दोस्रो खेलमा जित्नै पर्ने दबाबमा रहेका लुम्बिनी लायन्स र काठमाडौँ गुर्खाजबिच प्रतिस्पर्धा हुनेछ । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा हुने यो खेल दिउँसो १ बजेदेखि सुरु हुनेछ ।
प्रतियोगिताका पाँचमध्ये चार खेलमा हार बेहोरेको लुम्बिनी आजको खेलमा पराजित भए प्रतियोगिताबाट बाहिरिने पहिलो टोली बन्नेछ ।
यता, काठमाडौँ भने आजको खेलमा जितसहित आफ्नो प्लेअफ सम्भावनालाई कायम राख्ने लक्ष्यमा हुनेछ । प्रतियोगितामा तीन खेल मात्र खेलेको काठमाडौँले यसक्रममा दुई हार र एक जितको नतिजा निकालेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
भ्यानले अटोरिक्सालाई ठक्कर दिँदा चालकको मृत्यु
-
प्रधानन्यायाधीशले पूर्वराजा भेटेको समाचार लेख्ने पत्रकारलाई धरौटीमा छाड्ने आदेश
-
‘एआईको प्रयोगले न्युज रुममा असर होइन, राम्रो गर्छ’
-
नौ महिनामा भएका सवारी दुर्घटनामा ७० जनाको मृत्यु
-
१० बजे १० समाचार : सिंहदरबारमा ओली–प्रचण्ड भेट, कांग्रेसले चार भ्रातृसंस्था भङ्ग गर्ने
-
अवैध घुसपैठ रोक्न भारतसँगको सबै सीमा नाकामा उच्च निगरानी