विष्फोटक पदार्थ प्रकरण
गिरीबन्धु टी–स्टेटमा बम राख्ने अमृत सापकोटासहित २ जनालाई झापा लगियो
शुक्रबार, २८ मङ्सिर २०८१, ११ : ४३
काठमाडौँ । चन्दा असुलेको आरोपमा पर्सामा पक्राउ परेका अमृत सापकोटा उर्फ गौरव र दिलीप भट्टराई उर्फ समर्पणलाई झापा लगिएको छ । भूमिगत रूपमा नेकपा (माओवादी) नामको पार्टी गठन गरेर उनीहरूले बम आतङ्क र चन्दा असुली गर्दै आएका छन् ।
गोरखा घर भएका ३६ वर्षीय सापकोटा र खोटाङ घर भएका ३५ वर्षीय भट्टराईलाई गिरिबन्धु टी–स्टेटमा बम राखेको घट्नामा अनुसन्धानका लागि झापा ल्याइएको जिल्ला प्रहरी कार्यालय झापाका डीएसपी कृष्ण चन्दले रातोपाटीलाई बताए ।
आरोपीहरूले २०८१ भदौ २८ मा झापा बिर्तामोड नगरपालिका–६ स्थित गिरीबन्धु टी स्टेटको कम्पाउन्डमा कुकर बम राखेको प्रहरीको प्रारम्भिक अनुसन्धान निष्कर्ष छ । उनीहरूमाथि ९ दिन म्याद मिलान गरेर अनुसन्धान थालिएको डीएसपी चन्दले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पोखराका दुई उत्कृष्ट किसान सम्मानित
-
गण्डकीको बजेट पारित, ३३ अर्बमा कुन मन्त्रालयलाई कति बजेट ?
-
‘द चेक रिपब्लिक’मा ४१ दशमलव १० डिग्री सेल्सियस तापक्रमको नयाँ कीर्तिमान
-
ड्रागन फ्रुट महोत्सव : १० मेट्रिकटन बिक्री, २५ लाखको कारोबार
-
चट्याङ लागेर एक महिलाको मृत्यु
-
असारे रोपाइँ महोत्सवले आकर्षित गर्यो विदेशी पर्यटक
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण