सवारी साधनमा उच्च करको समस्या प्रमुख चुनौती बनेको छ : अध्यक्ष चौधरी
काठमाडौँ । नाडा अटो मोबाइल्स एसोसिएसन अफ नेपालका अध्यक्ष करणकुमार चौधरीले अटोमोबाइल क्षेत्रको योगदान २१ प्रतिशत भएको बताए । नाडा अटो मोबाइल्स एसोसिएसन अफ नेपालको ४८ औँ साधारणसभामा बोल्दै यस्तो बताए ।
‘देशको अरथतन्त्र जटिल स्थितिबाट गुज्रिरहेको छ । देशका अर्थतन्त्रका सूचक राम्रो स्थितिमा आउन सकेका छैनन्,’ चौधरीले भने, ‘आयातमा गम्भीर प्रभाव र ठुलो प्रभाव अटोमोवाइल क्षेत्रले अर्थतन्त्रमा २१ प्रतिशत योगदान दिएको छ ।’
अटोमोबाइल क्षेत्रको विज्ञापनमा ४० प्रतिशत पुगेकोमा पछिल्लो समय खस्किँदै गएको चौधरीको भनाइ छ । वीमा क्षेत्रमा ५० प्रतिशत योगदान रहेको समेत उनले बताए । १ लाख बढी रोजगारी अप्रत्यक्ष रोजगारी पाएको अध्यक्ष चौधरीले बताए ।
‘१० लाख बढिले अप्रत्यक्ष रूपमा रोजगारी पाएका छन्,’ चौधरीले भने, ‘विदेश पलायन हुने युवाहरू सबैभन्दा बढी अटोमोबाइल क्षेत्रमा कार्यरत छन् । ह्युमन रिसोर्स कसरी राख्न सकिन्छ अटोमोबाइल क्षेत्रले सिकाएको छ ।’
सवारी साधनमा उच्च करको समस्या प्रमुख चुनौती बनेको उनको भनाइ छ । ‘विद्युतीय सवारीमा बढ्ने आङ्कलन छ उनले भने, ‘१०५ देखि ३५० प्रतिशत मोटरसाइकलमा छ ।’ यातायात दर्ता र कर तिर्ने झन्झटिलो प्रणाली भएको उनको गुनासो छ ।
विद्युतीय सवारी बढ्ने क्रम रहेकाले चार्ज स्टेसन विस्तार आवश्यक रहेको उनले बताए । ‘१७४ एनइएले विस्तार गरेको छ । तर के कति सञ्चालनमा आएको त्यसको यकिन हुन सकेको छैन,’ उनले भने ।
विद्युतीय गाडीका लागि आउँदा दिनमा के रणनीति लागू गर्ने भन्ने कुरा अन्योलमा रहेको समेत उनको भनाइ छ । ‘विद्युतीय सवारीको टेस्टिङ फ्यासिलिटि बनाउन चाहन्छ । त्यसमा सरकारले स्वीकृति दिनुपर्छ,’ उनले भने, ‘विद्युतीय सवारी साधनको सर्टिफिकेशन गर्न चाहन्छ । मौद्रिक नीतिको समिक्षामा अटोमोबाइल समेटियन । छिटै अटोसेक्टर विलीन हुने अनुमान छ ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नेपाल र चीनका पाँच दर्जन सगरमाथा आरोही बेजिङमा सम्मानित
-
एआई क्रान्तिको अँध्यारो पक्ष : १० किलोमिटरसम्म फैलिँदैछ ‘हट जोन’
-
पुराना दलको विकल्पमा दुई वटा स्पष्ट वैचारिक ‘वैकल्पिक शक्ति’ आवश्यक छ : बाबुराम भट्टराई
-
काठमाडौँमा यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यकको प्राइड परेड, तस्बिरमा हेर्नुहोस्
-
निकासी आदेश पछि लेबनानमा इजरायली आक्रमण
-
‘एक व्यक्ति, एक पद’ लागू गर्न हुँदैन, यसले नेतृत्व विकास गर्दैन : नेता लामिछाने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण