पर्साबाट ३० लाखभन्दा धेरैको भन्सार छलीको कपडा बरामद
आइतबार, ३० मङ्सिर २०८१, १३ : ३३

काठमाडौँ । पर्साबाट ३० लाखभन्दा धेरैको भन्सार छलिको कपडा सशस्त्र प्रहरीले बरामद गरेको छ । प्रस्तावित सीमा सुरक्षा गुल्म बिरगञ्जका डीएसपी सुरज रिजाल र भन्सार कार्यालयको संयुक्त टोलीले शनिवार राति भन्सार छलेको कपडा बरामद गरेको हो ।
भन्सार छलेर गोदाममा राखिएको कपडा र कस्मेटिक सामान बरामद गरिएको सशस्त्र प्रहरी बलका सहप्रवक्ता शैलेन्द्र थापाले रातोपाटीलाई बताए । कुर्ता सुरुवाल १ हजार ६ सय २७ थान, स्कार्फ १ हजार ७ सय २२ थान, सल २ हजार ७ सय ६८ थान, लेडिज ब्याग, साडी पिन , लङ कोट बरामद गरिएको छ । सो कपडा वीरगञ्ज भन्सार कार्यालयमा बुझाइएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
इजरायल–इरानबिच तनाव : नेपालीको सुरक्षामा परराष्ट्र मन्त्रालयको ध्यानाकर्षण
-
मनसुन पूर्वतयारी तथा प्रतिकार्यमा लाग्ने प्रतिबद्धता
-
गायिका रचना रिमाल अस्पतालबाट डिस्चार्ज
-
'मिस ग्रान्ड नेपाल २०२५' जित्ने दाउमा गरिमा
-
कसिलो स्रोतबिच सुदूरपश्चिम प्रदेशको महत्वाकांक्षी बजेट
-
बागमती प्रदेशको बजेट : स्थानीय तहले कति पाए ?