चुइगम पड्काउन २२ करोड सिध्याउँछन् नेपाली
काठमाडौँ । नेपालमा व्यापारघाटा चुलिनुको कारण अनावश्यक वस्तुको खपत हुनु पनि हो । स–साना कुरामा परनिर्भर हुने नेपाली शैलीले पनि थप व्यापारघाटा बढ्न मद्दत गरेको छ ।
चालु आर्थिक वर्षको (२०७४÷७५) ९ महिनामा २२ करोड ५ लाख रुपियाँको विदेशी चुइगम नेपालमा खपत भएको छ । अर्थात नेपालीहरूले यस अवधिमा सो रकम बराबरको चुइगम पड्काएका छन् ।
चैतसम्म ७ वटा देशबाट चुइगम आयात भएको छ । सबैभन्दा बढी इन्डियाबाट २० करोड १३ लाख ८५ हजार रुपियाँको चुइगम नेपाल भित्रिएको हो । यस्तै बङ्गलादेशबाट एक करोड २९ लाख ४० हजार रुपियाँ, कोरियाबाट ४४ लाख रुपियाँ, चीनबाट ८ लाख ४५ हजार, यूके (संयुक्त अधिराज्य बेलायत) बाट ८ लाख ४२ हजार, अमेरिकाबाट ८६ हजार र स्विडेनबाट १ हजार ६ सय रुपियाँको चुइगम भित्रिएको हो ।
उसो त यो अवधिमा नेपालबाट पनि चीन र भारतमा चुइगम निर्यात भएको भन्सार विभागको तथ्याङ्कमा छ । तर आयातको तुलनामा निर्यातको अनुपात भने निकै न्यून देखिन्छ । नेपालले १ करोड ५४ लाख ८५ हजार रुपियाँको चुइगम त देशमा पठाएको हो । चीनमा १ करोड ४५ लाख २६ हजार र भारतमा ९ लाख ९८ हजार रुपियाँ बराबरको चुइगम निर्यात भएको भन्सार विभागले जनाएको छ ।
यद्यपि, गत वर्षको यसै अवधिको तुलनामा चुइगम आयात ६ करोड १९ लाख रुपियाँले घटेको छ । गत वर्ष भारत बङ्गलादेश लगायत ११ मुलुकबाट नेपालमा चुइगम भित्रिएको थियो । सो समयमा सबैभन्दा बढी भारतबाट २५ करोड ६६ लाख रुपियाँको तुइगम भित्रिएको थियो । गत वर्ष नेपालबाट भने चीनमा मात्र चुइगम निर्याखत भएको थियो । नेपालले १ करोड ११ लाख रुपियाँ बराबरको चुइगम चीन पठाएको हो ।

स्रोत : भन्सार विभाग
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
आइतबार यी राशिहरुका लागि शुभ, हेर्नुहाेस् राशिफल
-
भिनिसियसको गोलमा ब्राजिलको कमब्याकः मोरक्कोसँगको पहिलो हाफ १–१ को रोमाञ्चक बराबरीमा
-
भिनिसियस जुनियरको गोलमा ब्राजिलको पुनरागमन
-
भिनिसियस जुनियरको गोलमा ब्राजिलको पुनरागमन
-
ब्राजिलविरुद्ध मोरक्कोको सुरुवाती अग्रता, २१ औँ मिनेटमा साइबारीको गोल
-
२४ वर्षको खडेरी तोड्ने लक्ष्यका साथ मैदानमा ब्राजिल
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण