‘नेपाल टेलिकमले ५ हजारसम्मको उपहार दिन्छ भन्ने सूचना झुटो’
बुधबार, ०३ पुस २०८१, २० : २७

काठमाडौँ । 'नेपाल टेलिकमले आउँदै गरेको क्रिसमस तथा अंग्रेजी नयाँ वर्षको अवसर पारेर रु. ५ हजार सम्मको नगद तथा उपहारको व्यवस्था गरेको' भन्दै गरिएको प्रचार झुटो भएको नेपाल टेलिकमले जनाएको छ ।
नेपाल टेलिकमको आधिकारिक लोगो समेत प्रयोग गरी विभिन्न फेसबुक ग्रुप र म्यासेन्जर लगायतका सामाजिक सञ्जालमार्फत गलत सूचना प्रवाह भइरहेको पाइएकोले यसप्रति सचेत रहन टेलिकमले सबैमा हार्दिक अनुरोध गरेको हो ।
‘कम्पनीको आधिकारिक ब्लु टिकसहितको फेसबुक र एक्सलगायतका सामाजिक सञ्जालमा भएका सूचना तथा कम्पनीको आधिकारिक वेबसाइटलाई मात्र आधार मानेर कम्पनीका सेवा बारेमा अद्यावधिक हुन सम्पूर्ण ग्राहकवर्गमा अनुरोध छ,’ प्रवक्ता हरि ढकालले भनेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
आफ्नो माग बमोजिम आएको नीति तथा कार्यक्रमलाई कांग्रेसले समर्थन गर्ने
-
आवासीय चिकित्सक र सरकारबिच सहमति, आन्दोलन फिर्ता
-
मकवानपुर महिला गोल्डकप : नव जनजागृतिलाई हराउँदै संकटा सेमिफाइनलमा
-
मध्यपूर्व एनआरएनएको नेतृत्वमा हेपिएको छ, यो पल्ट त्यस्तो नहोस् : आरके शर्मा
-
सत्य निरूपण तथा मेलमिलाप र बेपत्ता आयोगको अध्यक्षमा तीन दलको ‘बार्गेनिङ’
-
किशोर-किशोरीको सुरक्षाका लागि टिकटकको ‘फ्यामिली पेयरिङ’