कांग्रेस मधेस प्रदेश विभागीय प्रमुख तथा सचिवहरूलाई अभिमुखीकरण
जनकपुरधाम । नेपाली कांग्रेस मधेस प्रदेशको पदाधिकारी तथा विभागीय प्रमुखहरूको एक दिने अभिमुखीकरण कार्यक्रम शनिवार जनकपुरधाममा सम्पन्न भएको छ ।
मधेस प्रदेश विभागीय प्रमुखहरूको अभिमुखीकरण कार्यक्रमलाई सम्बोधन गर्दै नेपाली कांग्रेसका मधेस प्रदेश सभापति कृष्ण यादवले प्रदेशको आठवटै जिल्लाको सबै स्थानीय तहमा रहेका संगठनलाई चलायमान बनाई पार्टीको संगठनात्मक कार्यलाई बलियो बनाउनुपर्नेमा जोड दिए ।
पार्टीमा लागेका सम्पूर्ण नेता र कार्यकर्ताहरू पूर्ण इमानदारीका साथ काम गर्न निर्देशन दिँदै प्रदेश सभापति यादवले मधेसमा नेपाली कांग्रेसलाई बलियो बनाउनुका साथै पहिलो पार्टीको रूपमा स्थापित गराउनुपर्ने तपाई हाम्रो दायित्व रहेको बताए । विभिन्न बहानामा मधेस प्रदेशमा भइरहेका वेथितिलाई चिर्दै कांग्रेसको मूल मन्त्रलाई अङ्गीकार गरेर अघि बढ्नुपर्ने जिकिर गर्दै व्यक्तिगत स्वार्थ भन्दा माथि उठेर पार्टीको हित एवं भलो कसरी हुन्छ त्यस तर्फ जागरूक भएर संगठनका कार्यहरूलाई विस्तार गर्नुपर्ने निर्देशन दिए ।
महामन्त्री बृहस्पति कृष्ण श्रेष्ठले विभागीय प्रमुखलाई विधानसभाले प्रशिक्षण दिँदै प्रदेशका पदाधिकारी तथा विभागीय प्रमुखहरूलाई पार्टीका नीति तथा विधि विधानको विषय जिम्मेवारीको बारेमा जानकारी गराए । उपसभापति वीरेन्द्र प्रसाद सिंहले विभागीय प्रमुखहरूलाई नेपाली कांग्रेसका विधानलाई अध्ययन गरेर सबैको जिम्मेवारी तथा काम कर्तव्यको विषयमा जानकारी दिए ।
नेपाली कांग्रेस मधेस प्रदेश कार्य समिति विभागीय प्रमुख एवम सचिवहरूका लागि १ दिने अभिमुखीकरण कार्यक्रमको आयोजना गरिएका थिए । सो कार्यक्रममा कोशी प्रदेश सभापति उद्धव थापाले कांग्रेसलाई बलियो बनाउन पदाधिकारी तथा विभागीय प्रमुखहरूको महत्त्वपूर्ण भूमिका हुने बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नेपालमा १०२ अन्तर्राष्ट्रिय गैरसरकारी संस्थाद्वारा वार्षिक २० अर्ब रुपैयाँ बराबरको ऋणमुक्त विकास लगानी परिचालन
-
लुम्बिनी प्रदेशका नवनियुक्त मन्त्रीहरूले लिए शपथ
-
पेरेज पुनः रियलको अध्यक्षमा निर्वाचित
-
सुनकोसी–मरिन डाइभर्सन आयोजनाका बाँकी संरचना निर्माणका लागि अन्तर्राष्ट्रिय बोलपत्र आह्वान
-
मानव अधिकार आयोगको प्रतिवेदनमाथि केही गम्भीर प्रश्न
-
रविको भारत भ्रमण र सरकारको काम सर्वदलीय बैठकका एजेन्डा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण