मकवानपुर महिला गोल्डकप : नव जनजागृतिलाई हराउँदै संकटा सेमिफाइनलमा

हेटौँडा । संकटा फुटबल क्लब मकवानपुर महिला राष्ट्रिय गोल्डकप फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ । शनिबार हेटौँडा–६ स्थित गौरीटार रंगशालामा भएको खेलमा सिमराको नव जनजागृति युवा क्लबलाई ६–१ गोलले हराउँदै संकटा सेमिफाइनलमा प्रवेश गरेको हो ।
संकटाको जितमा खेलको ममता पुन मगरले व्यक्तिगत ५ गोल गरिन् । उनले खेलको पहिलो हाफको ९ औँ, २१ औँ, ३५ औँ मिनेटमा र दोस्रो हाफको २७ औँ र ८४ औँ मिनेट गोल गरिन् । संकटाका लागि अर्को एक गोल जेनिफर राना मगरले खेलको पहिलो हाफको १३ औँ मिनेटमा गोल गरिन् ।
सिमराकी रोजिना लामाले खेलको ७९ औँ मिनेटमा एक गोल फर्काएपनी टिमलाई हारबाट जोगाउन भने सकेनन् । खेलको म्यान अफ द म्याच संकटाकी ममता घोषित भइन् । उनले १० हजार रुपैयाँ प्राप्त गरिन्। जीतसँगै संकटा प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ भने सिमरा बाहिरिएको छ ।
प्रतियोगिताको फाइनल खेल बुधबार हुनेछ । प्रतियोगिताको विजेताले ५ लाख र उपविजेताले ३ लाख रुपैयाँ शिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जम्मू कश्मीरमा सेनाको गाडी खोँचमा खस्यो, तीन सैनिकको मृत्यु
-
‘एल क्लासिको’ अघि बार्सासँग दुरी घटायो रियलले
-
तीनकुने घटना : रवीन्द्र मिश्रसहित २५ जनालाई थप ५ दिन हिरासतमा राख्न अनुमति
-
गाउँमै स्वास्थ्य उपचार पाएपछि स्थानीय खुसी
-
डाइभर्सनमा प्रयोग भएको ह्युमपाइपनै बगाएपछि कान्ति लोकपथ पुनः अवरुद्ध
-
ओली र प्रचण्डको भेटवार्तापछि वर्षमानले भने, ‘टीआरसी प्रक्रिया सकारात्मक बढेको पायौँ’