मकवानपुर महिला गोल्डकप : नव जनजागृतिलाई हराउँदै संकटा सेमिफाइनलमा
हेटौँडा । संकटा फुटबल क्लब मकवानपुर महिला राष्ट्रिय गोल्डकप फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ । शनिबार हेटौँडा–६ स्थित गौरीटार रंगशालामा भएको खेलमा सिमराको नव जनजागृति युवा क्लबलाई ६–१ गोलले हराउँदै संकटा सेमिफाइनलमा प्रवेश गरेको हो ।
संकटाको जितमा खेलको ममता पुन मगरले व्यक्तिगत ५ गोल गरिन् । उनले खेलको पहिलो हाफको ९ औँ, २१ औँ, ३५ औँ मिनेटमा र दोस्रो हाफको २७ औँ र ८४ औँ मिनेट गोल गरिन् । संकटाका लागि अर्को एक गोल जेनिफर राना मगरले खेलको पहिलो हाफको १३ औँ मिनेटमा गोल गरिन् ।
सिमराकी रोजिना लामाले खेलको ७९ औँ मिनेटमा एक गोल फर्काएपनी टिमलाई हारबाट जोगाउन भने सकेनन् । खेलको म्यान अफ द म्याच संकटाकी ममता घोषित भइन् । उनले १० हजार रुपैयाँ प्राप्त गरिन्। जीतसँगै संकटा प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ भने सिमरा बाहिरिएको छ ।
प्रतियोगिताको फाइनल खेल बुधबार हुनेछ । प्रतियोगिताको विजेताले ५ लाख र उपविजेताले ३ लाख रुपैयाँ शिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सेती नदीमा महिलाको शव फेला
-
कृषि मन्त्रालयको १०० दिने प्रगति: कार्बन व्यापारदेखि किसानको भुक्तानीसम्म
-
विश्वकपमा अर्जेन्टिनालाई विशेष सुविधा दिइँदैछ ? आरोपका पछाडि यस्ता छन् कारण
-
सुकुमबासीलाई ५ दिनभित्र हटाउने अल्टिमेटम तत्काल फिर्ता लिन सांसद हरिनादेवीको माग
-
प्रतिनिधिसभा नियमावली विपक्षीका लागि मात्रै हो कि सत्तापक्षका लागि पनि ?
-
सरकारलाई सांसदको प्रश्न : सुकुमबासी जनता हुन् कि होइनन् ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण