मध्यपूर्व एनआरएनएको नेतृत्वमा हेपिएको छ, यो पल्ट त्यस्तो नहोस् : आरके शर्मा
काठमाडौँ । गैरआवासीय नेपाली संघ (एनआरएनए)का अभियन्ता आरके शर्माले मध्यपूर्व सधैँ संघको नेतृत्वमा पुग्नबाट हेपिएको बताएका छन् । उनले काठमाडौँमा भएको एकता महाधिवेशनबाट मध्यपूर्वलाई नेतृत्व दिन आग्रह गरे ।
शनिवारदेखि सुरु भएको एनआरएनए एकता महाधिवेशन उद्घाटन समारोहलाई सम्बोधन गर्दै शर्माले ७५ प्रतिशत रेमिटेन्स पठाउने श्रमिकको क्षेत्रबाट गैरआवासीय नेपाली संघको नेतृत्व हुनुपर्ने बताए ।
उनले भने, ‘सधैँ मध्यपूर्व गैरआवासीय नेपाली संघको नेतृत्वमा हेपिएकै छ । यो पल्ट त्यस्तो नगरिदिनु होला । ७५ प्रतिशत रेमिटेन्स पठाउने श्रमिकको क्षेत्रबाट गैरआवासीय नेपाली संघको नेतृत्व हुन हुँदैन भन्ने यो मान्यताचाहिँ चिरिदिनुहुन म अनुरोध गर्छु ।’
एनआरएनएभित्र परराष्ट्रमन्त्री आरजु राणा देउवाको दबाबमा सर्वसम्पत्तिको नाममा कांग्रेस निकटका एनआरएनलाई नेतृत्व सुम्पिन लागेको भनेर चर्चा भइरहेको बेला शर्माले यस्तो बताएका हुन् ।
उनले एकता महाधिवेशनमा मध्यपूर्व, मलेसिया र कोरियासहितका देशबाटमात्रै १ हजार भन्दा बढी श्रमिक प्रतिनिधि एकता महाधिवेशन हुनुपर्छ भनेर काठमाडौँमा आएको बताए
उनले गैरआवासीय नागरिकताको निरन्तरताका साथसाथै अबको एजेन्डा सामाजिक सुरक्षा कोष, श्रमिक नेपालीको विषयले प्राथमिकता पाउनुपर्ने बताए ।
१ हजार ३०० भन्दा बढी नेपाली श्रमिक विदेशका जेलमा रहेको उल्लेख गर्दै सही कानुनी सहायता पाउने हो भने सामान्य गल्तीले जेलमा रहेका उनीहरू छुट्न सक्ने शर्माको भनाइ थियो ।
यस्तै खाडी तथा मलेसियामा ज्यान गुमाएका १ हजार ७०० जनाभन्दा बढी नेपालीका परिवारले बिमा रकम ३ वर्षभन्दा बढी समयदेखि पाउन नसकेको उल्लेख गर्दै गैरआवासीय नेपाली कार्यान्वयन नहुँदा गलत तर्फबाट सम्पत्ति बेचेर बिदेसिने क्रम बढिरहेकाले गम्भीर बन्न पनि सरकारलाई आग्रह गरे ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सुदूरपश्चिम प्रदेशमा यस्तो बन्यो पुनर्गठित मन्त्रिपरिषद् (सूचीसहित)
-
रुकुम पश्चिममा ब्राउन सुगरसहित दुई जना पक्राउ
-
फेवातालका डुङ्गा चालक र यात्रुको पहिलोपटक बिमा
-
रौतहट दुर्घटना : मृतकको पहिचान खुल्यो
-
१० बजे १० समाचार : १० सचिवको सरुवा, ट्राफिक नियम उल्लङ्घनमा हर्क सम्पाङलाई कारबाही
-
रास्वपा सभापति लामिछानेले भेटे राष्ट्रपति, के भयाे कुराकानी ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण