फ्राईडे रिलिज : देशभर सौगातको ‘बम बहादुर’
काठमाडौँ । भनिन्छ, पुस ‘फासफुस’ । त्यसैले पनि अन्य समय फिल्म रिलिजका लागि तछाडमछाड गर्ने निर्माता पुसमा चुप बस्छन् । सञ्जीव सार्कीले भने आफ्नो फिल्म ‘बम बहादुर’ आजबाट प्रदर्शनमा ल्याएका छन् ।
‘बम बहादुर’ फ्राईडे रिलिजको परम्परा धन्दै देशभर एकसाथ प्रदर्शनमा आएको हो । अभिनेता सौगात मल्लको मुख्य भूमिका रहेको फिल्मले देशभरको सबै हल भने पाएको छैन । किनभने गत १५ कार्त्तिकमा रिलिज भएको फिल्म ‘पूर्णबहादुर सारङ्गी’ले पनि अझै धेरै स्पेस ओगटेको छ ।
‘बम बहादुर’ एउटा सन्देशमूलक कथा र ऐतिहासिक सङ्घर्षलाई चित्रण गरिएको नेपाली फिल्म हो । फिल्म जोन राईले निर्देशन गरेका हुन् ।
बिस्ट ब्रदर्स फिल्मस प्रा.लिको ब्यानरमा बनेको फिल्ममा सौगातको अलावा प्रशान्त राई, अनिशा रसाइली, भास्कर प्रधान, महेन्द्र बग्दास, मदन भुजेल, भरत वशिष्ठ, अजय प्रधान, शान्तिला तामाङ, रिया भुजेल, बाल कलाकार वशिस्ट कार्की, सुरेश पन्चकोटी लगायतको अभिनय छ ।
निर्देशक राई र रुपेश तामाङको कथा तथा पटकथा रहेको फिल्मको वितरण रिच इन्टरटेन्मेन्ट र एफडी कम्पनीले मिलेर गरेको हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
तिलगंगाबासी भन्छन् – ‘हामी सुकुमबासी होइनौँ, राज्यले अधिकार हनन् गर्यो’
-
बाराको त्रिवेणी मिल्समा लागेको आगो नियन्त्रणमा
-
नीतिगत तथा संस्थागत कब्जा अन्त्य गर्न निर्मम बन्छौँ : अर्थमन्त्री वाग्ले
-
सामाजिक सुरक्षा कोषलाई श्रम मन्त्रालयअन्तर्गत ल्याउनुपर्ने जेटियुसीसीको माग
-
परीक्षामा बरामद गरिएका ४९६ थान मोबाइल नष्ट, के भन्छ सिरहा प्रहरी ?
-
इजरायली हवाई आक्रमणमा ४ जनाको मृत्यु, लेबनान युद्धविराम सम्झौता सङ्कटमा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण