अमेरिकामा जाकिर हुसैनको अन्तिम संस्कार सम्पन्न
शुक्रबार, ०५ पुस २०८१, १० : २६
सान फ्रान्सिस्को । चर्चित भारतीय तबलावादक तथा ग्रामी अवार्ड विजेता उस्ताद जाकिर हुसैनको अन्त्येष्टि गरिएको छ । बिहीबार अमेरिकाको सान फ्रान्सिस्कोमा उनको अन्त्येष्टि भएको छ । उनको अन्त्येष्टिमा भारतका चर्चित ड्रमर आनन्दन शिवमणी पनि उपस्थित थिए । शिवमणिले ढोल बजाएर हुसेनलाई श्रद्धाञ्जली अर्पण गरेका थिए ।
‘सन् १९८२ मा सङ्गीतको दुनियाँमा यात्रा सुरु गरेदेखि मैले उस्ताद जाकिर हुसेनबाट धेरै कुरा सिकेको छु । जब म मेरो ड्रममा धुन बजाउँछु, उहाँ मेरो साथ हुनुहुनेछ ।’ शिवमणिले भने ।
यसै हप्ता सोमबार उस्ताद जाकिर हुसैनको अमेरिकामा निधन भएको थियो । स्वास्थ्य बिग्रिएपछि उनलाई सान फ्रान्सिस्कोको अस्पतालमा भर्ना गरिएको थियो । उनी सङ्गीतको ओस्कार मानिने ग्रमी अवार्डका लागि सात पटक मनोनीत भएका थिए । उनले चार वटा ग्रामी जितेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
तीन हजार ७३५ जना विद्यार्थीको नाम भर्नाका लागि सिफारिस
-
कास्की कारागारबाट भागेका कैदी नौ महिनापछि म्याग्दीमा पक्राउ
-
रास्वपा मोरङ सभापतिमा कँडेलको फराकिलो अग्रता
-
चार हजार दुई सय बढी वडामा रास्वपाको अधिवेशन सम्पन्न
-
रास्वपा म्याग्दीको अध्यक्षमा युवराज रोका
-
रास्वपा अधिवेशनः काठमाडौँ जिल्ला सभापतिको मतगणना जारी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण