अमेरिकामा जाकिर हुसैनको अन्तिम संस्कार सम्पन्न
शुक्रबार, ०५ पुस २०८१, १० : २६

सान फ्रान्सिस्को । चर्चित भारतीय तबलावादक तथा ग्रामी अवार्ड विजेता उस्ताद जाकिर हुसैनको अन्त्येष्टि गरिएको छ । बिहीबार अमेरिकाको सान फ्रान्सिस्कोमा उनको अन्त्येष्टि भएको छ । उनको अन्त्येष्टिमा भारतका चर्चित ड्रमर आनन्दन शिवमणी पनि उपस्थित थिए । शिवमणिले ढोल बजाएर हुसेनलाई श्रद्धाञ्जली अर्पण गरेका थिए ।
‘सन् १९८२ मा सङ्गीतको दुनियाँमा यात्रा सुरु गरेदेखि मैले उस्ताद जाकिर हुसेनबाट धेरै कुरा सिकेको छु । जब म मेरो ड्रममा धुन बजाउँछु, उहाँ मेरो साथ हुनुहुनेछ ।’ शिवमणिले भने ।
यसै हप्ता सोमबार उस्ताद जाकिर हुसैनको अमेरिकामा निधन भएको थियो । स्वास्थ्य बिग्रिएपछि उनलाई सान फ्रान्सिस्कोको अस्पतालमा भर्ना गरिएको थियो । उनी सङ्गीतको ओस्कार मानिने ग्रमी अवार्डका लागि सात पटक मनोनीत भएका थिए । उनले चार वटा ग्रामी जितेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
यस्तो छ ‘कल्ली’ मा सौगातदेखि बेनिशासम्मको गेटअप
-
शैक्षिक संस्थाले ठुलो सङ्ख्यामा उत्पादन गरेका पत्रकार बजारले खपत गर्न सकेको छैन
-
प्रधानमन्त्रीको निर्देशनपछि उल्टियो घरजग्गा कारोबारमा बैँक स्टेटमेन्ट चाहिने व्यवस्था
-
खेलाडीले सबै नागरिकलाई एकै ठाउँमा जोड्न सक्छन् : मन्त्री पौडेल
-
भूमिसम्बन्धी विधेयक चाँडै पारित हुन्छ : प्रधानमन्त्री ओली
-
धितोपत्र बोर्डका अध्यक्षलाई अर्थमन्त्रीको सुझाव– गल्ती नगर्नु, बिचौलियाबाट बच्नु