वरुण धवनको 'बेबी जोन' को अग्रिम बुकिङ सुरु, सलमान खानको क्यामियो

मुम्बई । वरुण धवनको एक्सन फिल्म 'बेबी जोन' क्रिसमसको अवसरमा सिनेमाघरमा आउँदैछ। ट्रेलर रिलिज भएसँगै सर्वत्र चर्चा भइरहेको यस चलचित्रमा अभिनेताको नयाँ अवतार देखिने भएको छ ।
फिल्ममा उनी साउथकी चर्चित अभिनेत्री कीर्ति सुरेशसँग रोमान्स गर्दैछन् । ‘बेबी जोन’ ठुलो बजेटमा बनेको फिल्म हो । यसैबिच चलचित्रको अग्रिम बुकिङ पनि सुरु भइसकेकोले दर्शकको उत्साह बढेको छ ।
तरण आदर्शले हालै सामाजिक सञ्जालमा बेबी जोनसँग सम्बन्धित एउटा भिडियो सेयर गरेका छन्, जसको क्याप्शनमा लेखिएको छ, ‘बेबी जोनको अग्रिम बुकिङ अब सुरु भएको छ । अभिनेताका फ्यानहरूले अब चलचित्रको टिकट बुक गर्न सक्नेछन्।’
फिल्ममा वरुणको एक्सन साउथ फ्लेवर हुने भएको छ जसलाई हेर्न सबै उत्साहित छन् । यो फिल्म अभिनेताका लागि पनि विशेष छ किनभने यो वर्ष उनले आफ्नो घरमा छोरीलाई स्वागत गरेका छन् । बेबी जोनको कथा पनि एक बुबा र छोरीको वरिपरि घुम्छ।
सलमान खानको क्यामियो
यस फिल्ममा सलमान खानको क्यामियो पनि देखिनेछ । बेबी जोनमा काम गरेबापत उनले कुनै पनि पैसा लिएका छैनन् भन्ने केही मिडिया रिपोर्टमा दाबी गरिएको छ ।
यसमा राजपाल यादव र ज्याकी श्राफ पनि महत्त्वपूर्ण भूमिकामा देखिनेछन् । एटली कुमार र कालिसको जोडीले पर्दामा केही नयाँ बनाउने अपेक्षा गरिएको छ । क्यालिस यस फिल्मका निर्माता हुन् भने एट्लीले मुराद खेतानीसँग मिलेर निर्देशन गरेका हुन् । जारा जियानाले उनको अनस्क्रिन छोरीको भूमिका निभाएकी छिन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जुनसुकै बेला जेसुकै हुन सक्छ, तयार भएर बस्नुहोस्: गृहमन्त्री
-
‘अपरेसन सिन्दूर’ को बारेमा भारतीय जनरलको नयाँ खुलासा
-
उद्योग वाणिज्य महासङ्घका अध्यक्ष ढकाल र ‘आइएमएफ’ नेपाल मिसन प्रमुखबीच भेटवार्ता
-
एलन मस्कका बुबा एरोल मस्क भारतमा
-
‘नेपाल चीनसँग नजिक हुँदै गइरहेको छ’: भारतीय कांग्रेस नेता पवन खेडा
-
रामेछापमा अन्तरजातीय विवाह गर्ने १४ जोडी सम्मानित