आइरा बनिन् ‘मिनी डान्सिङ स्टार’
काठमाडौँ । ‘मिनी डान्सिङ स्टार’ आइरा खड्का विजेता भएकी छन् । परिवर्तन इभेन्ट हाउसले राजधानीमा आयोजना गरेको १५ औँ संस्करणको ‘डिएसए स्टार २०२४’मा उनले सो उपाधि जितेकी हुन् ।
प्रतियोगितामा ‘मिनी डान्सिङ स्टार’ तर्फ दीपशिखा इटनी ‘फस्ट रनर अप’, सिसम खतिवडा ‘सेकेण्ड रनर अप’, उज्जवल तामाङ ‘थर्ड रनर अप’, सुयोग भुषाल ‘फोर्थ रनर अप’, प्रनिक थापा ‘फिफ्थ रनरअप’, अनुष्का तामाङ ‘सिक्स्थ रनरअप’ र इभा गुरुङ ‘सेभेन्थ रनरअप’ भए ।
त्यस्तै ‘जुनियर डान्सिङ स्टार’ तर्फ साम्देन थिङले उपाधि जित्दा कास्वी पुन मगर ‘फस्ट रनर अप’, अफ्रिल राई ‘सेकेण्ड रनर अप’, रिजा अधिकारी ‘थर्ड रनर अप’, स्मारिका ढकाल ‘फोर्थ रनर अप’, आर्या खनाल ‘फिफ्थ रनर अप’ र क्रिन्जल सापकोटा ‘सिक्स्थ रनर अप’ बने ।
यसैगरी ‘जुनियर सिङगिङ स्टार’ तर्फ आहाना पोखरेल विजेता हुँदा सान्भी काप्री ‘फस्ट रनर अप’ र श्रयम केसी ‘सेकेण्ड रनर अप’ भए ।
त्यस्तै ‘प्री–टीन डान्सिङ स्टार’ तर्फ सृष्टि ढकाल विजयी हुँदा साइना राई ‘फस्ट रनर अप’, जिज्ञाशा शाही ठकुरी ‘सेकेण्ड रनर अप’, निरिशा बुर्लाकोटी ‘थर्ड रनर अप’, प्रसिद्धी शर्मा ‘फोर्थ रनर अप’ र साकुरा चौलागाईं ‘फिफ्थ रनर अप’ भए ।
यस्तै ‘प्री–टीन सिङगिङ स्टार’ तर्फ मानश्री भट्टले ताज जित्दा पार्सब भट्ट ‘फस्ट रनर अप’, सम्राट सिधाली मगर ‘सेकेण्ड रनर अप’ भए ।
‘एक्टिङ स्टार’ तर्फ सचिन ढकालले उपाधि जित्दा ओजश्वी पौडेल ‘फस्ट रनरअप’, प्रिजम पोखरेल ‘सेकेण्ड रनरअप’ र सोहन श्रेष्ठ ‘थर्ड रनरअप भए ।
नेपाल वायु सेवा निगमका कार्यकारी अध्यक्ष युवराज अधिकारीको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा अन्तर्राष्ट्रिय स्वर्ण पदक विजेता नन्दा बस्याल, सहरी विकास मन्त्रालयका सचिव वासुदेव खनाल र गायिका सुमित्रा निरौला निर्णायक थिए ।
परिवर्तन इभेन्ट हाउसकी प्रमुख कार्यकारी अधिकृत सोनिया जिआरले बालबालिकालाई ३० दिनको बन्द प्रशिक्षण सहित प्रतियोगितामा उतारिएको जानकारी दिइन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सचिव कृष्णहरि पुष्कर प्रकरणमा प्रधानमन्त्रीको कटाक्ष: ‘मलाई पनि एम्बासडर बन्न मन छ’
-
सिराहा मोबाइल नष्ट प्रकरण: संयुक्त विद्यार्थी सङ्गठनद्वारा आन्दोलन घोषणा
-
शिक्षा मन्त्रीको राजीनामा माग्दै दिल्लीमा ‘कक्रोच जनता पार्टी’को ५ घण्टे प्रदर्शन
-
सेमिफाइनल खेल्ने क्रममा घाइते भएकी विमलाको सफल शल्यक्रिया
-
द्विपक्षीय भेटवार्ता : भारतद्वारा पुनर्निर्माण सम्पन्न परियोजना हस्तान्तरण
-
भारतीय क्रिकेटमा नयाँ इतिहास: १५ वर्षे वैभवले तोडे सचिनको कीर्तिमान, श्रेयस बने नयाँ टी-ट्वान्टी कप्तान
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण