शुक्रबार, ०२ जेठ २०८२
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

अन्तर्राष्ट्रियस्तरको शिक्षा दिने नेपालको पहिलो आईबी कन्टिनम स्कुल (भिडियोसहित)

शुक्रबार, १२ पुस २०८१

स्वदेशमै अन्तर्राष्ट्रियस्तरको शिक्षा दिने पहिलो आईबी स्कुल हो– प्रिमियर इन्टरनेसनल स्कुल । आईबी अर्थात् इन्टरनेसनल ब्याक्कालेरेटलाई विश्वस्तरीय शिक्षाका रूपमा लिने गरिन्छ । यहीबाट मान्यताप्राप्त प्रिमियरले १६ वर्षदेखि विश्वस्तरकै शिक्षा प्रदान गर्दै आएको छ । जहाँ प्रि–स्कुलदेखि कक्षा १२ सम्मको पढाइ सञ्चालन हुँदै आएको छ । 

२१ औं शताब्दीमा विभिन्न परिवर्तन आइरहेको समयमा प्रिमियरले बालबालिकालाई चाहिने ज्ञान, सीप तथा दक्षता दिइरहेको छ । जहाँ घोक्नेभन्दा पनि विद्यार्थीले बुझेर अध्ययन गर्ने शैलीलाई अपनाइएको छ । स्वच्छ, सुन्दर र शान्त वातावरणमा सुविधासम्पन्न भौतिक संरचनासहित यो स्कुल ललितपुरको खुमलटार हाइटमा अवस्थित छ । प्रिमियर एजुकेसन नेटवर्क (पीईएन)अन्तर्गतको प्रिमियरमा आईबीअन्तर्गत विभिन्न शैक्षिक कार्यक्रम सञ्चालित छन् । प्रस्तुत छ, यस स्कुलकी एकेडेमिक डाइरेक्टर प्रभिना थापासँग गरिएको कुराकानी -

  • विद्यार्थीहरूसँग काम गर्दा तपाईंलाई मन पर्ने पक्ष के हो ? 

मलाई बच्चाहरूसँग काम गर्न एकदमै मन पर्छ । उनीहरूको मन सफा हुन्छ । रोए पनि, कराए पनि, झगडा गरे पनि भोलि बिहान स्कुल आउँदा ठूलो स्वरमा हाँसेर ‘गुड मर्निङ टिचर’ भन्छ । त्यो मलाई एकदमै राम्रो लाग्छ । 

बच्चाहरूसँग काम गर्दा जीवनको महत्त्व के हो भन्ने बुझाउँछ । किनभने, हामी सबै संसारमा आएपछि दिन–प्रतिदिन व्यस्त हुन्छौं । पढाइ, काम सबै कुरामा यति बिजी हुन्छौं, अन्तिममा गएर मात्रै सकिन्छ । त्यसकारण यो प्रोफेसनमा बच्चाहरूसँगै काम गर्नुपर्ने भएकाले जीवनमा सबैभन्दा महत्त्वपूर्ण कुरा के रहेछ भनेर प्रतिविम्बित गराउँछ । 

बच्चाहरूसँग काम नगरेको भए अर्कै कुरा हुन्थ्यो होला । तर, त्यो हिजोको कुरा हिजो नै सकिने र भोलिको दिन नयाँ हुने भन्ने बच्चाहरूसँग काम गर्दा सिकाउँछ । 

  • बालबालिकासँग दिनभर बस्दा अनि काम गर्दा योभन्दा राम्रो कसरी गर्न सकिन्थ्यो होला भन्ने कुरा पनि आउँछ कि ? 

हामीले जहिले पनि आईबी एजुकेसन पढाइरहँदा जीवन एउटा चक्रमा गइरहेको हुन्छ, सिकाइ निरन्तर हुन्छ भन्ने हुन्छ । त्यसलाई हामीले एकदमै मनन् गरेर बच्चाहरूलाई त्यही आधारमा पढाउँछौं । 

बच्चाहरूको विकासका लागि चाहिने महत्त्वपूर्ण कुरा भनेको सिकाइ र प्रतिविम्बका आधारमा प्रतिक्रिया लिने, त्यही आधारमा अगाडि बढ्ने भन्ने हुन्छ । बच्चालाई पनि हामी त्यही सिकाउँछौं । हामी पनि आफूलाई त्यही प्रोसेसमा जाने कोसिस गर्छौं । अर्को पटक यसरी राम्रो गर्न सकिन्थ्यो भनेर सोच्छौं । त्यही आधारमा अर्को पटक काम अघि बढाउँछौं । 

कुनै पनि कामको अफिस अफ प्रोसेस हुन्छ । काम सकिएपछि रिसर्च नै गर्छौं । डकुमेन्टेसन गरेर अहिले के–के राम्रो भयो, अर्को पालि कसरी बढी राम्रो गर्न सकिन्छ भन्ने विषय हुन्छन् । सबै प्रक्रिया चाहे अभिभावक भेला किन नहोस् । क्लासरुमको टिचिङ लेसन किन नहोस् । अथवा, वर्षभरि कसरी गयो ? अर्को वर्ष के राम्रो गर्न सकिन्छ ? यसरी वार्षिक लक्ष्य बनाएर निरन्तर रिफ्लेक्सन र एक्सनको प्रक्रियामा जान्छौं ।

  • तपाईंहरू शैक्षिक तथा अतिरिक्त क्रियाकलापको सुनिश्चितता कसरी गर्नुहुन्छ ? 

हामीले सामान्यतः अतिरिक्त क्रियाकलापमा खेलकुद, म्युजिक, डिबेटजस्ता कुरालाई मानिरहेका हुन्छौं । यी भनेका हाम्रा पाठ्यक्रमका हिस्सा हुन् । जसरी म्याथ कुनै स्कुल सिस्टममा छुट्टिंदैन । इङ्लिस ल्याङ्ग्वेइज पनि कुनै पाठ्यक्रममा छुट्टिंदैन । त्यसरी नै आईबी एजुकेसन सिस्टममा म्युजिक एजुकेसन, भिजुअल आर्ट एजुकेसन, फिजिकल एजुकेसन भनेका पाठ्यक्रमका हिस्सा नै हुन् । त्यो कोर करिकुलमभित्र नै सिकिरहेका हुन्छन् । 

त्यो बेला आईबी एजुकेसनका लागि इन्डिया पठाउने जमात थुप्रै छ । धेरै अभिभावक पनि आफू पहिला पढ्नका लागि इन्डिया गएका थिए । अहिले नेपालमा पनि यो लेभलको एजुकेसन सिस्टम रहेछ भन्ने थाहा पाएपछि छोराछोरीलाई यहीं पढाउनुभएको छ ।

जब हामी अतिरिक्त क्रियाकलाप भन्छौं, अन्तरविद्यालय प्रतियोगिता अथवा अन्तर्राष्ट्रिय एक्स्पोजरलगायतलाई मान्छौं । त्यस्तो खालका कार्यक्रममा हाम्रो विद्यालय पहिलादेखि नै छ । राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरका कार्यक्रममा पहिलादेखि नै विद्यार्थीको सहभागिता गराउँदै आएका छौं । जस्तैः इन्टरनेसनल स्पोट्र्स फेडेरेसन छ । हामीले त्यसमा लैजान्छौं । यो स्कुल तहमा हुने ओलम्पिक हो । हाम्रो स्कुल यसको सदस्य हो । हाम्रा बच्चाहरू वर्षभरि तालिम लिएको खेल र इच्छा लागेको खेल खेल्न जान्छन् । 

बच्चाहरूका लागि थुप्रै खालका लिडरसिप अतिरिक्त क्रियाकलाप छन् । सबै बच्चाले सबै कुरा गरेका हुन्छन् । त्यसलाई अन्तर्राष्ट्रियस्तरमा लैजान हामीकहाँ अरू क्रियाकलाप छन् । 

हाम्रोबाट ग्राजुएट भएका बच्चा नेपालमा मात्र नभई विश्वव्यापी रूपमा नै सक्षम हुन्छन् । विश्वव्यापी रूपमा नै प्रतिस्पर्धा गर्न सक्षम हुन्छन् । हाम्रो स्कुल स्थापित गर्नुको मुख्य उद्देश्य नै राम्रो एजुकेसनका लागि बच्चाहरू विदेश जान नपरोस् भन्ने हो । 

त्यसैले हामी बच्चाहरूलाई एक्स्पोजरको हिसाबमा पछि नपरोस् । एजुकेसनमा पछि नपरोस् भन्ने हिसाबले सबै क्षेत्रबाट राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरमा ट्रेन्ड के भइरहेको छ भनेर त्यही हिसाबमा एक्स्पोज र एजुकेसन दिइरहेका हुन्छौं । 

  • विद्यार्थी र शिक्षक एकार्काका परिपूरक हुन्छन् । प्रिमियर स्कुलमा कस्तो वातावरण छ ? 

प्रिमियर स्कुलमा एकदमै राम्रो वातावरण छ । विद्यार्थीहरू एकदमै खुलेर कुरा गर्छन् । सबैभन्दा पहिला बच्चालाई गल्ती गर्नसँग डराउनु भएन । त्यो माहोल सिर्जना गरिदिने भनेको घरपरिवार र शिक्षकले नै हो । बच्चाले जब केही भन्छ, केही गल्ती गर्छ भने हामीले कसरी प्रतिक्रिया दिन्छौं, बच्चाले त्यही आधारमा संसार बुझ्दै जान्छ । 

हाम्रो मान्यता के छ भने गल्ती भनेको सिकाइको उपलब्धिका रूपमा लिन्छौं । गल्ती गर्नु भनेको अनुभव हो । त्यसले नयाँ कुरा सिकाउँछ । कहिले के गर्नु भनेर सिकाउँछ भने कहिले के नगर्ने भनेर सिकाउँछ । त्यसैले हामीले गल्तीलाई एकदमै सकारात्मक रूपमा लिन्छौं । 

Pravina Thapa  (1)

बच्चाहरू आफ्ना कुराहरू भन्न र सेयर गर्न डराउँदैनन् । एकदमै खुलेर कुरा राख्छन् । शिक्षकसँग मात्र नभई सबैसँग आफ्ना कुराहरू सेयर गर्छन् । कहिलेकाहीं फिडब्याक दिन्छन् । कहिलेकाहीं हामीलाई यो कुरा हेरिदिनुप¥यो भनेर गुनासा पनि लिएर आउँछन् । स्वतन्त्रताको वातावरण छ । हामीले त्यो फ्रिडम र डिसिजन मेकिङ स्किललाई सकारात्मक रूपमा अघि बढाउने माहोल आजैबाट दिनुपर्छ । अनि बल्ल उसमा कन्फिडेन्स पनि हुन्छ । स्किल पनि हुन्छ । भोलिका लागि अभ्यास पनि हुन्छ । 

  • आईबी एजुकेसन ल्याउने प्रेरणा कसरी मिल्यो ? 

यो संसारकै उत्कृष्ट पाठ्यक्रम हो । आईबी एजुकेसन भनेको एउटा होलेस्टिक एजुकेसन हो । म्याथ, साइन्स, सोसल स्टडी सबैले पढ्छन् । केही फरक कसरी गर्ने भन्ने कुरा आईबी एजुकेसनले सिकाउँछ । लिडरसिप स्किल, असल मानिस बन्न सिकाउने अनि आफ्नो माटोलाई चिनेर अन्तर्राष्ट्रियस्तरमा प्रतिस्पर्धा गर्नका लागि बनेको एकदमै सन्तुलित पाठ्यक्रम हो । 

यो एजुकेसन सिस्टम संसारमा वन अफ दि बेस्ट मानिन्छ । पढ्नका लागि विदेश जान्छन् । प्राइभेट स्कुलहरूले गर्दा केही कम भएको छ । तर पनि जाने क्रम बढ्दो छ । यो क्रमलाई रोक्न आफ्नै घरमा बसेर नेपाली परिप्रेक्ष्यलाई बुझेर पनि अन्तर्राष्ट्रियस्तरको शिक्षा पाउनुको लागि आईबी एजुकेसन इज लिडिङ एजुकेसन हो । 

हिजोका दिनमा हामीकहाँ आईबी एजुकेसन थिएन । त्यो बेला आईबी एजुकेसनका लागि इन्डिया पठाउने जमात थुप्रै छ । धेरै अभिभावक पनि आफू पहिला पढ्न इन्डिया गएका थिए । अहिले नेपालमा पनि यो लेभलको एजुकेसन सिस्टम रहेछ भन्ने थाहा पाएपछि छोराछोरीलाई यहीं पढाउनुभएको छ । 

  • आईबी एजुकेसनको मुख्य आकर्षण के हो ?

यसको मुख्य विशेषता भनेको भविश्यकेन्द्रित शिक्षा हो । सबैलाई थाहा छ, कागजी डिग्री सबै कुरा होइन । घोकेर, लेखेर मात्र सबै कुरा होइन । त्यो एजुकेसन आफ्नो रियल लाइफमा लागू गर्न सकेनौं । आईबीको सिद्धान्त कस्तो हो भने यसको पेडागोजिकल प्राक्टिसमा बच्चा आफ्नो लर्निङको आफैं इन्चार्ज हुने हो । शिक्षकले यो पढ, यसरी पढ भन्ने सिस्टममा जानुको सट्टा बच्चालाई नै तिम्रो के सिक्ने इच्छा छ भनेर सोध्छौं । 

सिकेको कुराले आफ्नो लागि र समाजको लागि कस्तो खाले एक्सन लिन सकिन्छ भन्ने खालको प्रोसेसमा जान्छ । विद्यार्थी एउटा असल र सभ्य नागरिक भएर निस्किन्छ । 

  • आईबी एजुकेसनका चुनौती के कस्ता छन् ? 

पहिलो कुरा त दक्ष जनशक्ति पाइँदैन । यसका लागि सबै क्षेत्रमा दक्षता भएको व्यक्ति चाहिन्छ । त्यसैले दक्ष शिक्षक पाउन एकदमै गाह्रो छ । 

दोस्रो कुरा भनेको अन्य स्रोत–साधन पनि पाउन गाह्रो छ । आईबी एजुकेसन भनेको एउटा किताब पढेर पूरा हुँदैन । आईबी इज भेरी हेभी रिसर्च एजुकेसन सिस्टम । एउटा टेक्स्ट बुकमा एउटा दृष्टिकोणबाट सीमित ज्ञान मात्रै हुन्छ । 

आईबी एजुकेसनमा प्रश्न हुन्छ । त्यही आधारमा विद्यार्थीले एक्स्पोजर गर्नुपर्ने हुन्छ । आफैंले खोज्नुपर्ने हुन्छ । त्यो खोज्नका लागि रिसोर्सेस के दिने त ? वातावरणमा जे रिसोर्स छ त्यही दिने हो । रिसर्च रिच बनाउनका लागि हाम्रो देश इन्भाइरोमेन्टलको हिसाबले त रिच छँदै छ । तर, अनलाइन रिसोर्सेसदेखि ह्युमन रिसोर्सेसहरू सबै ल्याउनुपर्ने हुन्छ । 

हाम्रोबाट ग्राजुएट भएका बच्चा नेपालमा मात्र नभई विश्वव्यापी रूपमा नै सक्षम हुन्छन् । विश्वव्यापी रूपमा नै प्रतिस्पर्धा गर्न सक्षम हुन्छन् । हाम्रो स्कुल स्थापित गर्नुको मुख्य उद्देश्य नै राम्रो एजुकेसनका लागि बच्चाहरू विदेश जान नपरोस् भन्ने हो । 

कुनै समय हामीलाई निकै गाह्रो हुन्छ । अनलाइन पेमेन्ट गरेर ल्याउनुपर्ने हुन्छ । कहिलेकाहीं त्यसमा समस्या आउँछ । राम्रो गर्न खोज्दा–खोज्दै विभिन्न समस्या आउँछन् । बाहिरबाट शिक्षक ल्याउन समस्या छ । गुणस्तरीय शिक्षाका लागि हामीले सकेसम्म उत्कृष्ट कार्य गर्दै आएका छौं ।

  • तपाईंहरूले चुनौतीको सामना कसरी गरिरहनुभएको छ ? 

हामीसँग एकदमै राम्रो टिम छ । प्रशासनिकदेखि लिएर एकेडेमिक टिम राम्रो छ । उहाँहरूले अहोरात्र खटिएर काम गरिराख्नुभएको छ । राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरमा नै काम गर्दै आउनुभएको छ । 

हामीले शिक्षकको क्षमता अभिवृद्धिका लागि नियमित तालिमको पनि व्यवस्था गरेका छौं । आन्तरिक तथा बाह्य गरेर तालिम दिने गरेका छौं । अन्तर्राष्ट्रियस्तरको तालिमसमेत दिने गरेका छौं । 

हामीसँग एकदमै राम्रो टिम छ । प्रशासनिकदेखि लिएर एकेडेमिक टिम राम्रो छ । उहाँहरूले अहोरात्र खटिएर काम गरिराख्नुभएको छ । राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरमा नै काम गर्दै आउनुभएको छ । 

गुणस्तरीय शिक्षाका लागि हामीले नियमित तालिम दिने गरेका छौं । हामीले सामाजिक उत्तरदायित्वको हिसाबले समेत तालिम दिने गरेका छौं । जसले शिक्षकलाई मात्रै नभई राज्यलाई नै दक्ष जनशक्ति दिइरहेका छौं । 

  • यसरी काम गर्दा अहिलेसम्म स्मरणीय क्षण के कस्ता छन् ? 

हाम्रो लागि हरेक उपलब्धि स्मरणीय नै छन् । प्रिमियरको हिस्ट्री नेपाल मन्टेसोरी ट्रेनिङ सेन्टर पनि हो । प्रोफेसनल मन्टेसोरी ट्रेनिङ गरेको प्रिमियर स्कुलबाटै हो । हामीले वैज्ञानिक तरिकाले तालिम दिएको थियौं । प्रिमियर स्कुल नेपालको पहिलो चेन प्रि–स्कुल हो । त्यो बेला होटलको चेनको कन्सेप्ट थियो । तर, स्कुलको चेनको कुरा थिएन ।  

हामीले बिजनेस प्लानभन्दा पनि आवश्यकताले जन्माएका थियौं । प्रि–स्कुलको लेभलमा बच्चाहरू धेरै लामो ट्राभल गर्नुहुँदैन भनेर हामीले ब्रान्च आउट गर्दा चेनको कन्सेप्ट सुरु भएको हो । हामीले पूरै उपत्यकाभित्र कभर गरेका थियौं । स्कुल तहमा पनि आईबी एजुकेसन हुने रहेछ भनेर हामीले नै स्थापित गराएका हौं । 

  • आगामी योजना के छन् ? 

आगामी योजना थुप्र्रै छन् । अब एकपटक प्रि–स्कुलदेखि नै कक्षा १२ सम्मको पाठ्यक्रम रिभ्यू गर्ने भन्ने योजना छ । साइन्स एन्ड टेक्नोलोजीलाई व्यापक बनाउने योजना छ । अन्तर्राष्ट्रिय स्तरमा प्रतिस्पर्धा गर्न पछि नपरून् भनेर साइन्स एन्ड टेक्नोलोजीको करिकुलम पनि रिभ्यू गर्नुपर्नेछ । यसका लागि अपडेट गर्ने र संसारमा के भइरहेको छ त्यहीअनुसार जान्छौं । करिकुलम रिभ्यू र रिसोर्सेस रिभ्यूमा काम भइरहेको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया