चितवन हत्या प्रकरण : स्कुल ड्रेसमा थिए बच्चा, अचानक खुर्पा प्रहार गरेर हत्या
सारांश
- चितवनको भरतपुर महानगरपालिकामा एक व्यक्तिले भतिज र छोरीको खुर्पा प्रहार गरी हत्या गरे। मृतकहरू स्कुल जान तयार भइसकेका थिए।
- आरोपीले आफ्नै घाँटी रेटेर आत्महत्याको प्रयास गरेका थिए र उनले मानसिक रोगको औषधि सेवन गर्ने गरेको बताइएको छ। उनको अहिले अस्पतालमा उपचार भइरहेको छ।
- प्रहरी अनुसन्धानका अनुसार, आरोपीले आफ्ना बुवालाई घरबाट बाहिर पठाएर घटना घटाएका थिए। एसपी गोविन्द पुरीले उनको मानसिक स्वास्थ्यमा समस्या रहेको बताए।
काठमाडौँ । चितवनको भरतपुर महानगरपालिका–२५ स्थित किसान चोकमा लीला गिरीले भतिज र आफ्नी छोरीलाई खुर्पा प्रहार गरेर हत्या गरेका छन् । स्कुटरमा अङ्कलसँग स्कुल जान भनेर निस्केका सजन गिरी र छोरी प्रभालाई ४२ वर्षीय लीलाले हत्या गरेका हुन् ।
सजन ८ वर्षीय र प्रभा करिब ७ वर्षीय बालिका हुन् । उनीहरू स्कुल जान ड्रेस लगाएर तयार भैसकेका थिए । अघिल्लो दिनहरूमा पनि दाइको छोरा सजनलाई लीलाले नै स्कुल लाने र ल्याउने गरेका थिए । भतिज र छोरीलाई आक्रमण गरेपछि आरोपीले आफ्नै घाँटी खुर्पाले रेटेका थिए ।
उनले मानसिक रोगको औषधी सेवन गर्ने गरेको परिवारका सदस्यहरूले बताएका छन् । चितवनका एसपी गोविन्द पुरी भन्छन्, ‘उहाँको मानसिक स्वास्थ्यमा समस्या रहेको देखिन्छ ।’
आफ्नो बुवालाई ‘उता जानुस्’ भनेर घरबाट बाहिर निकालेर आरोपीले ढोका थुनेर भतिजो र त्यसपछि छोरीलाई प्रहार गरेको प्रहरीको अनुसन्धानबाट थाहा भएको छ । आरोपीको अवस्था पनि गम्भीर छ । उनको चितवन मेडिकल कलेजमा उपचार हुँदै छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पोखरा बसपार्कका सुकुमबासी सार्न प्रस्ताव गरिएका यी हुन् ६ ठाउँ
-
श्रीलङ्का केयर होम आगलागी: प्रबन्धक पक्राउ
-
अनौपचारिक श्रम बजारमा ज्याला ठगी संरचनागत समस्या : अध्ययन
-
पोखरा बसपार्क क्षेत्रका घर नभत्काउन उच्च अदालतको अल्पकालीन आदेश
-
बागमतीमा ८ मन्त्रालयअन्तर्गत १९१ कार्यालय कायम (नामसहित)
-
चिकित्सक लाइसेन्स परीक्षा : विदेशबाट अध्ययन गरी फर्किएका अधिकांश परीक्षार्थी फेल
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण