चितवन हत्या प्रकरण : स्कुल ड्रेसमा थिए बच्चा, अचानक खुर्पा प्रहार गरेर हत्या
-_FnKOrpBZL0.jpg)
समाचार सारांश
- चितवनको भरतपुर महानगरपालिकामा एक व्यक्तिले भतिज र छोरीको खुर्पा प्रहार गरी हत्या गरे। मृतकहरू स्कुल जान तयार भइसकेका थिए।
- आरोपीले आफ्नै घाँटी रेटेर आत्महत्याको प्रयास गरेका थिए र उनले मानसिक रोगको औषधि सेवन गर्ने गरेको बताइएको छ। उनको अहिले अस्पतालमा उपचार भइरहेको छ।
- प्रहरी अनुसन्धानका अनुसार, आरोपीले आफ्ना बुवालाई घरबाट बाहिर पठाएर घटना घटाएका थिए। एसपी गोविन्द पुरीले उनको मानसिक स्वास्थ्यमा समस्या रहेको बताए।
काठमाडौँ । चितवनको भरतपुर महानगरपालिका–२५ स्थित किसान चोकमा लीला गिरीले भतिज र आफ्नी छोरीलाई खुर्पा प्रहार गरेर हत्या गरेका छन् । स्कुटरमा अङ्कलसँग स्कुल जान भनेर निस्केका सजन गिरी र छोरी प्रभालाई ४२ वर्षीय लीलाले हत्या गरेका हुन् ।
सजन ८ वर्षीय र प्रभा करिब ७ वर्षीय बालिका हुन् । उनीहरू स्कुल जान ड्रेस लगाएर तयार भैसकेका थिए । अघिल्लो दिनहरूमा पनि दाइको छोरा सजनलाई लीलाले नै स्कुल लाने र ल्याउने गरेका थिए । भतिज र छोरीलाई आक्रमण गरेपछि आरोपीले आफ्नै घाँटी खुर्पाले रेटेका थिए ।
उनले मानसिक रोगको औषधी सेवन गर्ने गरेको परिवारका सदस्यहरूले बताएका छन् । चितवनका एसपी गोविन्द पुरी भन्छन्, ‘उहाँको मानसिक स्वास्थ्यमा समस्या रहेको देखिन्छ ।’
आफ्नो बुवालाई ‘उता जानुस्’ भनेर घरबाट बाहिर निकालेर आरोपीले ढोका थुनेर भतिजो र त्यसपछि छोरीलाई प्रहार गरेको प्रहरीको अनुसन्धानबाट थाहा भएको छ । आरोपीको अवस्था पनि गम्भीर छ । उनको चितवन मेडिकल कलेजमा उपचार हुँदै छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
तीनकुने घटना: ३२ जनालाई धरौटीमा रिहा गर्न आदेश (सूची सहित)
-
अनेरास्ववियु अपडेटः खुला उपाध्यक्षमा श्रेष्ठ र महासचिवमा धामी विजयी
-
अनेरास्ववियुको अध्यक्षमा कडरिया निर्वाचित
-
तीनकुने घटना: राज्य विरुद्धको कसुरमा संलग्न थप ६ जनालाई थुनामा राख्न आदेश
-
अनेरास्ववियुमा कडा टक्करः तीन सय मत गन्न बाँकी हुँदा कडरिया फेरि अगाडि
-
तीनकुने घटना : दुर्गा प्रसाईँलाई थुनामा पठाउन आदेश