एकापसमा भिड्दै ‘के घर के डेरा : घर नं. २’, ‘हेल्लो काँशीराम’ र ‘फाइनल डेस्टिनेसन’
सारांश
- शुक्रबारदेखि दर्शकले ३ नयाँ फिल्म हेर्न पाएका छन्, जसमा हलिउड फिल्म 'फाइनल डेस्टिनेसन : ब्लडलाइन', नेपाली फिल्म 'के घर के डेरा ः घर नं. २' र 'हेल्लो काँशीराम' रहेका छन्।
- 'के घर के डेरा ः घर नम्बर २' दीपेन्द्र के खनाल निर्देशित र बुद्धिसागरले लेखेको फिल्म हो, जसमा खगेन्द्र लामिछाने, निश्चल बस्नेत लगायतका कलाकारको अभिनय छ। यसले १६२ सो पाएको छ।
- 'हेल्लो काँशीराम' रिम विश्वकर्माको लेखन तथा निर्देशन रहेको कमेडी फिल्म हो, जसमा दिलीप रायमाझी, सुरवीर पण्डित, प्रियंका कार्की लगायतका कलाकार छन्। यसले देशभर ४५ सो पाएको छ।
काठमाडौँ । शुक्रबारदेखि दर्शकले ३ नयाँ फिल्म हेर्न पाएका छन् । जसमा हलिउड फिल्म ‘फाइनल डेस्टिनेसन : ब्लडलाइन’सहित नेपाली फिल्म के घर के डेरा ः घर नं. २’ र ‘हेल्लो काँशीराम’ रहेका छन् ।
तीन फिल्म नै देशभर एकसाथ प्रदर्शनमा आएका हुन् । यद्यपि, देशभरका फिल्म हल यी फिल्मका कब्जामा मात्रै छैनन् । किनभने गत साता रिलिज भएको फिल्म ‘उनको स्वीटर’ले पनि राम्रो सो पाइराखेको छ ।
‘के घर के डेरा : घर नम्बर २’
सफल दीपेन्द्र के खनाल निर्देशित फिल्म ‘के घर के डेरा ः घर नम्बर २’को कथा आख्यानकार बुद्धिसागरले लेखेका हुन् । फिल्ममा खगेन्द्र लामिछाने, निश्चल बस्नेत, उपासना सिंह ठकुरी, आर्यन सिग्देल, केकी अधिकारी, प्रकाश घिमिरे, सृजना नापित, संजोग रसाइली, रुविना घिमिरे, सुरज विष्टलगायतको अभिनय छ ।
नकिम उद्दिन, शरद श्रेष्ठ र किरण महर्जनले निर्माण गरेको हो । फिल्मले घर बेटी र डेरावालको कथा भन्छ । फिल्मले देशभर १६२ सो पाएको छ ।
‘हेल्लो काशिराम’
रिम विश्वकर्माको लेखन तथा निर्देशन रहेको फिल्म ‘हेल्लो काँशीराम’ कमेडी शैलीमा निर्माण भएको फिल्म हो । फिल्मको कथा रहस्यमय रहेको बताइन्छ । दिलीप रायमाझीसँगै वरिष्ठ कलाकारहरू सुरवीर पण्डित, रामचन्द्र अधिकारी, सुशील पोखरेल देखिने छन् । त्यस्तै, हालका चर्चित हास्य कलाकार उमेर राई (फुलन्देको आमा), भगेरी डन, नवज्योती रसाइली, सुमन खाँण, अजय न्यौपाने, सरोज केसी, उमेश मायालु, विवेश पुरी लगायतका कलाकारको अभिनय रहेको फिल्म छ ।
रेडलाइन फिल्मस्को ब्यानरमा निर्माण भएको हो । फिल्म पी.बी. थापाले बनाएका हुन् । फिल्ममा चर्चित अभिनेत्री प्रियंका कार्कीको समेत विशेष भूमिका छ । फिल्मले देशभर ४५ सो पाएको छ ।
‘फाइनल डेस्टिनेसन : ब्लडलाइन’
ज्याक लिपोभस्कीएडम र बी स्टेन निर्देशित हलिउड फिल्म ‘फाइनल डेस्टिनेसन ः ब्लडलाइन’ बहुप्रतिक्षित फिल्म हो । हरर जनरामा निर्माण भएको यस फिल्ममा ब्रेक बासिङ्गर, टोनी टोड र रिचर्ड हार्मोनको मुख्य भूमिका छ । फिल्मले नेपालभरि पहिलो दिनका लागि १०७ सो पाएको छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जलवायु र प्रकृतिमैत्री विकासलाई प्राथमिकता दिन मन्त्री चौधरीको आह्वान
-
मानवअधिकार आयोगको प्रतिवेदनविरुद्ध एमाले अदालत जाने
-
परराष्ट्रमन्त्री शिशिर खनाल भारत प्रस्थान
-
दुग्धजन्य पदार्थ बिक्रीबाट ६ करोड सङ्कलन
-
१४ सय दर्शकले हेरे उत्कृष्ट घोषित ६ चिनियाँ फिल्म
-
६ महिनाभित्र निर्वाचन सम्पन्न हुनु चानचुने कुरा होइन : कार्यवाहक प्रमुख आयुक्त भण्डारी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण