शनिबार, ०३ जेठ २०८२
ताजा लोकप्रिय

प्रधानमन्त्री ओलीद्वारा सगरमाथा संवादका अतिथिको सम्मानमा रात्रिभोज

शुक्रबार, ०२ जेठ २०८२, २२ : १६
शुक्रबार, ०२ जेठ २०८२

समाचार सारांश

  • प्रधानमन्त्री केपी शर्मा ओलीले सगरमाथा संवादका अतिथिहरूको सम्मानमा रात्रिभोज आयोजना गरेका छन् । ।
  • समारोहमा उपप्रधानमन्त्री, मन्त्री, र विशिष्ट कर्मचारीहरू सहभागी थिए भने विभिन्न देशका पाहुनाको उपस्थिति थियो।

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले आजदेखि सुरू भएको सगरमाथा संवादका अतिथिहरूको स्वागत तथा सम्मानमा रात्रिभोज आयोजना गरेका छन् ।

समारोहमा प्रधानमन्त्री ओलीले अतिथिहरूलाई स्वागत गरेका थिए । समारोहमा नेपाल सरकारका उपप्रधानमन्त्री, मन्त्री, विशिष्ट श्रेणीका कर्मचारीलगायत सहभागी थिए भने विभिन्न देशबाट आएका मन्त्री, नीति निर्माता, विज्ञलगायत उपस्थित थिए ।

संवादमा तीन दर्जन बढी मुलुकका एक सय ७५ विदेशी पाहुना सहभागी भएको परराष्ट्र मन्त्रालयले जनाएको छ । संवादको उद्घाटन समारोह भव्यताका साथ सम्पन्न भइ पूर्ण सत्र र समानान्तर सत्र सञ्चालन भएका थिए । सगरमाथा संवाद तीन दिनसम्म चल्नेछ ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप