नेपाली उत्पादनको निर्यात प्रवर्द्धन हुने गरी बजेटमा सम्बोधन हुनुपर्छ : अध्यक्ष ढकाल
काठमाडौँ । नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष चन्द्रप्रसाद ढकालले नेपाली उत्पादनहरूको निर्यात प्रवर्द्धनमा सहयोग हुने गरी बजेटमा सम्बोधन हुनुपर्ने बताएका छन् ।
शुक्रबार नेपाल निर्यात व्यवसायी महासङ्घ (फिन)को पाँचौँ वार्षिक साधारणसभा तथा तेस्रो अधिवेशनमा उहाँले नेपाली उत्पादनको अन्तर्राष्ट्रिय बजारमा सम्भावना रहेकाले यी वस्तुको निर्यात प्रवर्द्धन हुने गरी बजेट आउनुपर्नेमा जोड दिए ।
उनले भने,“नेपाली उत्पादन जस्तै हस्तकला, पश्मिना, गलैँचा, हर्बल उत्पादन, कृषिजन्य वस्तुको अन्तर्राष्ट्रिय बजारमा सम्भावनासहित माग पनि छ । यस्ता वस्तुको निर्यात प्रवर्द्धनमा सहयोग पुग्ने गरी बजेटमा सम्बोधन हुनुपर्छ ।”
उनले आत्मनिर्भर अर्थतन्त्र निर्माणका लागि आयात प्रतिस्थापन र निर्यात प्रवर्द्धन आवश्यक रहेकाले निर्यात प्रवर्द्धनलाई बजेटको प्राथमिकता राख्न आग्रह गरे । वातावरणमा नकारात्मक असर नगर्ने गरी खनिजजन्य वस्तुको निर्यात खोल्न पनि अध्यक्ष ढकालले सुझाव दिए ।
“हामीले लामो समयदेखि खनिजजन्य वस्तुको निर्यात खुलाउनुपर्छ भनिरहेका छौँ । एक–दुई पटकको बजेटमा त्यो विषय आए पनि कार्यान्वयन भएन”, उनले भने,“वातावरणमा प्रतिकूल असर नपर्ने गरी हामीसँग भएका खनिजजन्य सामग्रीको निर्यात गर्न सके यसले छिमेकी मुलुकसँगको व्यापार घाटा कम गर्न सहयोग गर्छ । सरकारलाई अहिलेको बजेटमा यो विषयलाई प्राथमिकतामा राख्न आग्रह गर्दछौँ ।”
निर्यात प्रवर्द्धनका लागि फिनले छोटो समयमा गरेको प्रयासको प्रशंसा गर्दै अध्यक्ष ढकालले महासङ्घले फिनजस्ता वस्तुगत सङ्घसंस्थासँग सधैँ सहकार्य गर्ने धारणा राखे । निर्यात प्रवर्द्धनका लागि नीतिगत सुधार, लगानीमैत्री वातावरण, रुग्ण उद्योगको पुनरुत्थान र घरेलु उद्योग सुदृढीकरणमा महासङ्घले पहल गरिरहेको पनि उनले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नखाई कति दिनसम्म बाँच्न सक्छ मान्छे ?
-
देशभरका मुख्य राजमार्गमा बाढी र पहिरोको कहर, कहाँ कहाँ छ अवरोध? (पूर्ण विवरण)
-
टेस्टोस्टेरोन कम हुँदा पुरुषहरूमा देखिने यस्ता हुन्छन् लक्षण
-
रक्षामन्त्री हटाएको केही दिनमै जेलेन्स्कीले युक्रेनका सेना प्रमुखलाई पनि बर्खास्त गरे
-
विश्वकपका नाममा फिफाले फुटबललाई ध्वस्त पार्दैछ : स्पेनिस फुटबल प्रमुख
-
बझाङ केन्द्रबिन्दु भएर भूकम्पको धक्का
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण