आठ महिनामै अरुणिमा र युवराजको सम्बन्ध विच्छेद
युवराज भन्छन्– २८ गते डिभोर्स हस्ताक्षर गरेँ
शुक्रबार, ०२ जेठ २०८२, २१ : ५९
सारांश
- अभिनेत्री अरुणिमा लम्साल र युवराज श्रेष्ठबीच सम्बन्ध विच्छेद भएको छ। वैशाखमा अमेरिकाबाट आएर लम्सालले सम्बन्ध विच्छेदको मुद्दा दायर गरेकी थिइन्।
- विवाह गरेको ८ महिनामै उनीहरूको डिभोर्स भएको हो। युवराजले सामाजिक सञ्जालमार्फत वैशाख २८ गते डिभोर्सको पत्रमा हस्ताक्षर गरेको बताएका छन्।
काठमाडौँ । अभिनेत्री अरुणिमा लम्साल र युवराज श्रेष्ठको सम्बन्ध विच्छेद भएको छ। गत भदौमा बिहे गरेका उनीहरूको ८ महिनामै डिभोर्स भएको हो ।
केही समय अगाडि अरुणिमाले सम्बन्ध विच्छेदको मुद्दा दायर भएको बताएकी थिइन् । गत वैशाखमा अमेरिकाबाट नेपाल आएर वारेसमार्फत अदालतमा सम्बन्ध विच्छेदको मुद्दा दायर गरेको उनको भनाइ थियो ।
युवराजले भने सामाजिक सञ्जालमार्फत वैशाख २८ गते सम्बन्ध विच्छेदको पत्रमा हस्ताक्षर बताएका छन् ।
उनले टिकटक मार्फत भनेका छन्, ‘मैले वैशाख २८ गते दिनको ४ : १० मा डिभोर्स फाइलमा हस्ताक्षर गरेको हुँ । जन्म, विवाह र मृत्यु लेखेर आएको हुन्छ। मेरो छुट्टिनु थियो छुट्टियो, सक्कियो। बाँकी कुरा चाहिँ म सार्वजनिक गर्न चाहन्नँ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सरकारको नियतमा शङ्का छैन, कमजोरी भए निर्णय सच्याउन सकिन्छ : रवि लामिछाने
-
खस्किएको गलैँचा उद्योग उकास्न सरकारको ५ वर्षे रणनीति : गाँजा र अल्लोको रेशाबाट गलैँचा बुनिने
-
मन्दिरमा चोरी गर्ने तीन जना पक्राउ
-
समायोजन विवादका कारण लोसपा र जसपा नेपालले बोलाए छुट्टाछुट्टै बैठक
-
वीरगन्ज क्षेत्रमा अवरुद्ध विद्युत् आपूर्ति सुचारु, दीर्घकालीन समाधान खोजियो
-
सिंहदरबार अगाडि घण्टी बजाएर विरोध
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण