सगरमाथामा एक जना पर्वतारोहीको मृत्यु, यो सिजनको पहिलो निधन
सारांश
- सगरमाथा आरोहणबाट फर्किने क्रममा एक पर्वतारोहीको निधन। घटना बिहीबार हिलारी स्टेपमा भयो।
- मृतकले सगरमाथाको शिखर चुमेका थिए र फर्किने क्रममा निधन भयो। विवरण आउन बाँकी छ।
- सोलुखुम्बुका प्रमुख जिल्ला अधिकारीले घटनाको पुष्टि गरे, शव ल्याउने प्रक्रिया सुरु भइसकेको छ।
काठमाडौँ । सगरमाथा आरोहण गरेर फर्किने क्रममा एक जना पर्वतारोहीको मृत्यु भएको छ । बिहीबार हिलारी स्टेप ८७९० मिटर भन्दा माथि ती पर्वतारोहीको निधन भएको हो । सोलुखुम्बुका प्रमुख जिल्ला अधिकारी अनोज कुमार घिमिरे घटना भएको पुष्टि गरे ।
ती पर्वतारोहीले सगरमाथाको शिखर टेकिसकेका थिए । त्यसलगत्तै फर्कने क्रममा उनको निधन भएको हो । यद्यपि घटनाबारे विस्तृत विवरण थाहा नभएको बताए ।
निधन हुने व्यक्तिको नाम र देश समेत खुलिसकेको छैन । सगरमाथा क्षेत्रको उद्धारको काम सम्बन्धित एक्पिडिसन कम्पनीले नै गर्ने भएकोले यसमा आफूहरूले केही गर्नसक्ने अवस्था नरहेको घिमिरे बताउँछन् । यद्यपि मृतकको शव ल्याउने प्रक्रिया सुरु भइसकेको जानकारी आएको उनले बताए ।
पर्यटन विभागका सूचना अधिकारी लिलाधर अवस्थीले समेत घटना भएको पुष्टि गर्दै विस्तृत विवरण संकलनको क्रममा रहेको बताए ।
सगरमाथामा भएको यो निधन सिजनकै पहिलो हो । सगरमाथाको नेपालपट्टीको ७ हजार भन्दा माथिको भागलाई तुलनात्मक रूपमा सुरक्षित मानिन्छ । आधार शिविरभन्दा माथि ७ हजार मिटर क्षेत्रसम्मको आरोहण बढी जटिल मानिन्छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रधानमन्त्री बालेन्द्र शाहको घोषणा सामाजिक सञ्जालमा, अस्पतालमा अझै ३ प्रतिशत कर !
-
रूपान्तरणको पर्खाइमा त्रिवि : तत्काल गर्नुपर्ने के ?
-
एक वर्षमा १२ हजारले पाए नागरिकता, सेवामा डिजिटल सुधार
-
चिलीमा शक्तिशाली आँधीका कारण १३ जनाको मृत्यु
-
पार्टी तोड्ने हैन, जोड्नेतर्फ लाग्नुपर्छः नेता आङ्देम्बे
-
तीन जिल्लामा आगलागी, सात लाख ४० हजार बराबरको क्षति
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण