विद्यालयको नाम र स्थान परिवर्तनमा विरोध भए निवेदन दिन काठमाडौँ महानगरको आग्रह
शुक्रबार, १२ पुस २०८१, २० : ००
_RwiU4Op1Co.jpg)
काठमाडौँ । काठमाडौँ महानगरपालिकाले संस्थागत विद्यालयको नाम र स्थान परिवर्तनमा विरोध भएमा निवेदन पेस गर्न आग्रह गरेको छ । शुक्रबार उक सूचना जारी गर्दै महानगरले महानगरपालिका अन्तर्गत सञ्चालित केही संस्थागत विद्यालयले नाम र स्थान परिवर्तनका लागि निवेदन दर्ता गराएकाले त्यसमा विरोध भएमा निवेदन पेस गर्न आग्रह गरेको हो ।
शैक्षिक संस्थाको नाम र स्थान परिवर्तनमा कुनै व्यक्ति वा संघसंस्थाको दाबी विरोध भएमा प्रमाणसहित ३५ दिनभित्र लिखित निवेदन पेस गर्न भनेको छ ।