रास्वपाद्वारा अनुशासन आयोगमा दुई र विभागमा तीन सदस्य मनोनयन

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले अनुशासन आयोगमा दुई र केन्द्रीय सङ्गठन विभागमा तीन सदस्य मनोनयन गरेको छ । पार्टीका कार्यवाहक सभापति डोलप्रसाद अर्यालको सभापतित्वमा आज बसेको केन्द्रीय सचिवालयको बैठकले केन्द्रीय अनुशासन आयोगमा अधिवक्ता कमलप्रसाद पोखरेल र अधिवक्ता हरिचन्द्र भट्टराईलाई मनोनयन गरेको पार्टीका कार्यवाहक प्रवक्ता मनिष झाद्वारा जारी विज्ञप्तिमा उल्लेख गरिएको छ ।
यसैगरी केन्द्रीय सङ्गठन विभागमा धर्म केसी, गोपाल घिमिरे र विमल तिवारीलाई मनोनयन गरेको छ । बैठकले पार्टीको केन्द्रीय समितिको विस्तारित बैठक यही पुस १९, २० र २१ गते बस्ने निर्णय पनि गरेको प्रवक्ता झाले जानकारी दिए ।
आजको बैठकमा पार्टीका कार्यवाहक सभापति अर्याल र उपसभापति डा.स्वर्णिम वाग्लेले समसामयिक राजनीतिक परिस्थितिबारे समीक्षा प्रस्तुत गरेका थिए । बैठकमा कार्यवाहक महामन्त्री कबिन्द्र बुर्लाकोटीले ६० जिल्लामा पार्टीको जिल्ला भेला सम्पन्न भएको विवरण पेस गरेका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
राष्ट्रसङ्घीय प्रमुख र इरानी विदेशमन्त्रीबिच छलफल
-
अतृप्ति
-
बुद्ध एयरका कार्यकारी अध्यक्ष बस्नेतको ‘बाई द बुक’ विमोचन
-
यस्तो छ आइतबार बस्ने राष्ट्रियसभा बैठकको कार्यसूची
-
पाकिस्तानी प्रधानमन्त्रीद्वारा कश्मीर घटनाको विश्वसनीय र तटस्थ अन्तर्राष्ट्रिय अनुसन्धानको लागि आह्वान
-
वामदेव गौतमसँगको भेटपछि सूर्य थापा भन्छन्– प्युठानको विकासका लागि समझदारी थालेका छौँ