रचना रिमाल र मनोज खनालले बनाए ‘प्रेमको सानो घर’ (भिडियोसहित)

काठमाडौँ । पछिल्लो समयको लोकप्रिय गायिका रचना रिमाल र उदयमान गायक मनोज खनालको नयाँ गीत ‘मायाको सानो घर’ सार्वजनिक भएको छ ।
शुक्रबार साँझ मदन शर्मा नामक यूट्युब च्यानलबाट सार्वजनिक भएको उक्त गीतमा सुकमान मृदुल र करुणा केसीको अभिनय रहेको छ ।
उक्त गीतमार्फत पछिल्लो समयको जल्दोबल्दो समस्याका रूपमा रहेको सहकारी ठगी र त्यसले गरिखाने वर्गलाई विषयलाई उठान गरिएको छ ।
स–सानो लगानी गरेर बचत गर्ने बचतकर्ताहरुको घरबास उठेको विषयलाई सुरुमा देखाइएको छ । सहकारीको बदमासीले व्यवसाय गरिरहेका सम्पत्तिलाई गाउँ फर्किन परेको हजारौँ मान्छेहरूको कथा गीतमार्फत देखाइएको छ । सहरलाई सपनाको प्रतिविम्ब मान्ने प्रवृत्ति बढिरहेका बेला आफ्नै गाउँमा फर्किएर खुसीसाथ जीवनयापन गरिरहेको श्रीमानश्रीमतीको कथाले धेरैको ध्यान खिच्ने देखिन्छ ।
मदन शर्माको शब्द रहेको उक्त गीतमा गायक मनोज खनालले नै सङ्गीत भरेका हुन् । त्यस्तै उक्त म्युजिक भिडियोका विभिन्न दृश्य राजन थापाले निर्देशन गरेका हुन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सिंहासन ढल्यो तर मानसिक दासत्व अझै बाँकी छ
-
सशस्त्र र नेपाल प्रहरीको विधेयकमा आधा दर्जन ‘दोहोरोपन’
-
अमेरिकाबाट थप ५० नेपाली डिपोर्ट, ४ बजे काठमाडौँ आइपुग्दै
-
‘अहिलेको विधेयकले दुईवटा सुरक्षा संगठनको बिचमा द्वन्द्व गराउँछ’
-
मधेस प्रदेश : जागिर छोड्ने प्रहरीको संख्या बढ्दो
-
मेचीनगरमा ‘अफ्रिकन स्वाइन फ्लू’ र ‘लम्पी स्किन’को सङ्क्रमण पुष्टि