रचना रिमाल र मनोज खनालले बनाए ‘प्रेमको सानो घर’ (भिडियोसहित)
काठमाडौँ । पछिल्लो समयको लोकप्रिय गायिका रचना रिमाल र उदयमान गायक मनोज खनालको नयाँ गीत ‘मायाको सानो घर’ सार्वजनिक भएको छ ।
शुक्रबार साँझ मदन शर्मा नामक यूट्युब च्यानलबाट सार्वजनिक भएको उक्त गीतमा सुकमान मृदुल र करुणा केसीको अभिनय रहेको छ ।
उक्त गीतमार्फत पछिल्लो समयको जल्दोबल्दो समस्याका रूपमा रहेको सहकारी ठगी र त्यसले गरिखाने वर्गलाई विषयलाई उठान गरिएको छ ।
स–सानो लगानी गरेर बचत गर्ने बचतकर्ताहरुको घरबास उठेको विषयलाई सुरुमा देखाइएको छ । सहकारीको बदमासीले व्यवसाय गरिरहेका सम्पत्तिलाई गाउँ फर्किन परेको हजारौँ मान्छेहरूको कथा गीतमार्फत देखाइएको छ । सहरलाई सपनाको प्रतिविम्ब मान्ने प्रवृत्ति बढिरहेका बेला आफ्नै गाउँमा फर्किएर खुसीसाथ जीवनयापन गरिरहेको श्रीमानश्रीमतीको कथाले धेरैको ध्यान खिच्ने देखिन्छ ।
मदन शर्माको शब्द रहेको उक्त गीतमा गायक मनोज खनालले नै सङ्गीत भरेका हुन् । त्यस्तै उक्त म्युजिक भिडियोका विभिन्न दृश्य राजन थापाले निर्देशन गरेका हुन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
देशको समृद्धिका लागि योगदान गर्ने सोचका साथ क्रियाशील हुन मन्त्री सोविता गौतमको निर्देशन
-
तीन हजार ७३५ जना विद्यार्थीको नाम भर्नाका लागि सिफारिस
-
कास्की कारागारबाट भागेका कैदी नौ महिनापछि म्याग्दीमा पक्राउ
-
रास्वपा मोरङ सभापतिमा कँडेलको फराकिलो अग्रता
-
चार हजार दुई सय बढी वडामा रास्वपाको अधिवेशन सम्पन्न
-
रास्वपा म्याग्दीको अध्यक्षमा युवराज रोका
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण