खुद्रे आयोजना स्थानीय तहलाई दिएपनि सांसदहरुले छाडेनन् सिंहदरबार धाउन
काठमाडौँ । स्थानीय तहलाई खुद्रे आयोजनाको अधिकार दिएपनि सांसदहरु अझै सिहंदरबार धाउने गरेका छन् । अर्थमन्त्री डा. युवराज खतिवडाका स्वकिय सचिव तुलसीराम मैनालीले कतिपय सांसदहरु आफुले पाएको अधिकार नबुझी खुद्रे आयोजना लिएर अर्थमन्त्रीलाई भेट्न आउने गरेको बताए ।
उनले भने, ‘सांसदहरु आफु सिंहदरबार नआए आफ्ना योजनानै नपर्ने हुन् कि, के हुने हो भन्दै आउने गरेका छन् । सांसदहरुले नै अझै सम्म आफ्ना अधिकारहरु बुझेका छैनन् ।’
चालु आर्थिक वर्षको बजेटले २ करोड रुपैयाँसम्मको विकास आयोजना स्थानीय तहलाई नै सुम्पिएको छ । तर, कतिपय सांसदहरु नबुझी अर्थमन्त्रालय धाउने गरेको उनले जानकारी दिए ।
उनले अहिले सरकारले टुक्रे आयोजनालाई ध्यान नदिई ठूला आयोजनामा मात्र केन्द्रित रहेको बताए । बजेट निर्माणको अन्तिम अवस्था हुदै गर्दा अहिले मन्त्रालयमा झण्डै २ दर्जन हाराहारीमा बजेट माग गर्दै निवेदन आउने गरेको उनले भने ।
यस वर्ष राष्ट्रिय गौरवका नयाँ आयोजना थपिन सक्ने देखिएको छ । सरकारले सार्वजनिक गरेको नीति तथा कार्यक्रममा पनि मदन भण्डारी राजमार्गले प्रवेश पाएको छ । यस्ता नयाँ आयोजनाले बजेटमा प्रवेश पाउन सक्ने उनले बताए ।
अहिले करको दर र दायरा बृद्धिका विषयलाई लिएर सञ्चारमाध्यममा अनुमानको भरमा समाचार आएको भन्दै उनले त्यसबारे नीतिगत छलफल नभएको उनले बताए । ‘बजेट पेश गर्ने अघिल्लो दिनमात्र नैतिक रुपमा ति कुराहरु थाहा हुने हो,’ उनले भने ।
आगामी आर्थिक वर्ष २०७५/७६ को लागि यहि जेठ १५ गते सरकारले बजेट पेश गर्नेछ । संघिय सरकारको बजेट पछि प्रदेश सरकारले असार १ गते र स्थानीय सरकाले असार १० गते बजेट ल्याउनु पर्ने हुन्छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
आइतबार यी राशिहरुका लागि शुभ, हेर्नुहाेस् राशिफल
-
भिनिसियसको गोलमा ब्राजिलको कमब्याकः मोरक्कोसँगको पहिलो हाफ १–१ को रोमाञ्चक बराबरीमा
-
भिनिसियस जुनियरको गोलमा ब्राजिलको पुनरागमन
-
भिनिसियस जुनियरको गोलमा ब्राजिलको पुनरागमन
-
ब्राजिलविरुद्ध मोरक्कोको सुरुवाती अग्रता, २१ औँ मिनेटमा साइबारीको गोल
-
२४ वर्षको खडेरी तोड्ने लक्ष्यका साथ मैदानमा ब्राजिल
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण