मोटरसाइकल किन्न दम्पतीले बेचे ९ दिनको छोरो
आइतबार, १४ पुस २०८१, १६ : ००
नयाँ दिल्ली । भारतको ओडिसा राज्यको बालासोर जिल्लामा एउटा अनौठो घटना प्रकाशमा आएको छ ।
एक दम्पतीले मोटरसाइकल किन्नका लागि आफ्नो ९ दिनको छोरो बेचेको पाइएको हो । उनीहरूले ६० हजार भारुमा छोरो बेचेको प्रहरीले जनाएको छ ।
सो दम्पतीले भने छोरा बेचेको आरोप अस्वीकार गरेको छ । उनीहरूले गरिबीका कारण बच्चालाई पालनपोषण गर्न नसक्ने भएपछि निःसन्तान दम्पतीलाई आफ्नो छोरा दान दिएको बताएका छन् ।
गोप्य सूचनाका आधारमा कारबाही गर्दै प्रहरी र बाल कल्याण समितिको संयुक्त टिमले शनिबार शिशुको उद्धार गरेको छ ।
प्रहरीले भने बच्चा किनबेच भएको गोप्य सूचना अनुसार कारबाही अघि बढाइएको दाबी गरेको छ । प्रहरीले दुवै परिवारलाई बोलाएर यसबारे अनुसन्धान थालेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सचिव कृष्णहरि पुष्कर प्रकरणमा प्रधानमन्त्रीको कटाक्ष: ‘मलाई पनि एम्बासडर बन्न मन छ’
-
सिराहा मोबाइल नष्ट प्रकरण: संयुक्त विद्यार्थी सङ्गठनद्वारा आन्दोलन घोषणा
-
शिक्षा मन्त्रीको राजीनामा माग्दै दिल्लीमा ‘कक्रोच जनता पार्टी’को ५ घण्टे प्रदर्शन
-
सेमिफाइनल खेल्ने क्रममा घाइते भएकी विमलाको सफल शल्यक्रिया
-
द्विपक्षीय भेटवार्ता : भारतद्वारा पुनर्निर्माण सम्पन्न परियोजना हस्तान्तरण
-
भारतीय क्रिकेटमा नयाँ इतिहास: १५ वर्षे वैभवले तोडे सचिनको कीर्तिमान, श्रेयस बने नयाँ टी-ट्वान्टी कप्तान
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण