ग्लोबल आइएमई बैंकको १८औँ वार्षिकोत्सवको अवसरमा दराजमा १८ प्रतिशत छुट

काठमाडौँ । ग्लोबल आइएमई बैंक लिमिटेडको १८औँ वार्षिकोत्सवको अवसरमा बैंकका कार्ड बाहक ग्राहकहरूलाई दराजबाट सामान किन्दा १८ प्रतिशतसम्म छुट पाउने योजना सार्वजनिक भएको छ ।
पुस १८ गते बिहीबारदेखि ग्लोबल आइएमई बैंकले आफ्नो स्थापनाको १८औँ वर्ष पुरा गर्दैछ । यो छुट योजना पुस १८ गते बिहीबारदेखि पुस २४ गते बुधबारसम्म रहनेछ ।
यस छुट योजनाअन्तर्गत ग्राहकहरूले ग्लोबल आइएमई बैंकको भिजा डेबिट वा क्रेडिट कार्ड प्रयोग गरी दराजबाट सामान खरिद गर्दा कुल खरिद मूल्यमा १८ प्रतिशत छुट पाउनेछन् । साथै, छुटसहित बैंकले १८ जना ग्राहकहरूलाई एयरबड प्रदान गर्नेछ ।
ग्राहकहरूले दराजबाट न्यूनतम् रु. १,८०० को खरिद गर्दा १८ प्रतिशतको छुट प्राप्त गर्न योग्य हुनेछन् । साथै, बैंकको कार्ड प्रयोगकर्ताले यस योजना अवधिमा आफूले खरिद गरेको मूल्यमा १८ प्रतिशत, रु. १८०० सम्म मात्र छुट पाउनेछन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मुख्यमन्त्री कँडेलद्वारा दश जिल्लाका सीडीओसँग संवाद
-
बाँकेमा थप ९३६ लाई जग्गाधनी प्रमाणपत्र वितरण गरिँँदै
-
डिजिटल प्रविधिमा आधारित रही सेवा प्रवाह गर्न श्रममन्त्रीको निर्देशन
-
रातोपाटी ब्रिफिङ : प्रदीप नेपालको अन्तिम बिदाइदेखि संसद्को बहससम्म
-
रवि लामिछानेको मुद्दामा कैफियत प्रतिवेदन मगाउने आदेश
-
आईपीएल : चलेन मुम्बईको ब्याटिङ, १ सय ५५ रनमा रोकियो