आँधीखोलामा तटबन्ध निर्माण
शनिबार, २० पुस २०८१, १२ : ३३

स्याङ्जा । नदीकटान नियन्त्रण गर्न आँधीखोलामा तटबन्ध निर्माण प्रारम्भ भएको छ । गण्डकी प्रदेश ऊर्जा, जलस्रोत तथा खानेपानी मन्त्रालयको अनुदानमा सञ्चालित योजनामार्फत चार किलोमिटर तटबन्ध निर्माण प्रारम्भ भएको हो ।
आँधीखोला गाउँपालिका, पुतलीबजार, भिरकोट र वालिङ नगरपालिका भएर बग्ने आँधीखोलामा तटबन्धनको काम सुरु भएको जलस्रोत तथा सिँचाइ डिभिजन कार्यालयका प्रमुख किरण आचार्यले बताए ।
धेरै कटान भएका स्थानमा तटबन्धन गरिएको हो । सिँचाइ डिभिजन कार्यालय र पालिकासँगको सहकार्य र लागत साझेदारीमा तटबन्धन गरिएको जानकारी उनले दिए । आठ करोडको लागतमा थालिएको निर्माण आगामी २०८३ वैशाखमा सम्पन्न गर्ने लक्ष्य छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नीति तथा कार्यक्रमको बुँदा नम्बर ६५ र ६६ मा शिक्षक महासङ्घको आपत्ति
-
सुदूरपश्चिम संसदीय दलको विवाद अझै मिलेन, प्रचण्डले फेरि बोलाए खुमलटार
-
अब कम्पनीको विवरण अद्यावधिक गराउँदा वास्तविक सेयर धनी घोषणा गर्नुपर्ने
-
सेनाले बसपार्कको जग्गामा दाबी छाड्नुपर्छ
-
भारतको हवाई आक्रमण पछि अहिलेसम्म के भयो ?
-
जग्गा भोगाधिकारको विवादले बसपार्क स्तरोन्नतिमा समस्या