प्रहरीद्वारा साढे तीन हजार लिटर बढी मदिराजन्य पदार्थ नष्ट
रौतहट । जिल्ला प्रहरी कार्यालय रौतहटको टोलीले ठुलो परिमाणमा मदिरा जन्य पदार्थ नष्ट गरेको छ। टोलीले मदिरा उत्पादनमा प्रयोग गरिने सामानसमेत बरामद गरेको छ ।
प्रहरी टोलीले गौर नगरपालिका ५ स्थित अवैध रूपमा सञ्चालित ३ वटा रक्सी भट्टीमा शनिवार छापा मारी ७ सय लिटर तयारी मदिरा र २८ सय लिटर कच्चा पदार्थ नष्ट गरेको जिल्ला प्रहरी कार्यालय रौतहटका सहप्रवक्ता इन्स्पेक्टर उमाशंकर प्रसादले जानकारी दिए।
सो क्रममा मदिरा उत्पादनमा प्रयोग गरिने मेशिन ४ थान, सिल्भर डेक्ची ८ थान, स्टिल बाल्टिन ३ थान, ग्यास सिलिन्डर ४ थान, ग्यास चुलो ४ थान, प्लास्टिक ग्यालन १४० थान, प्लास्टिक बाल्टिन १० थान बरामद गरिएको छ ।
बरामद मदिराजन्य सामान स्थानीय जनप्रतिनिधि र सञ्चारकर्मीको रोहवरमा जिल्ला प्रहरी कार्यालयको हाताभित्रै नष्ट गरिएको जिल्ला प्रहरी कार्यालय रौतहटको सूचनामा उल्लेख गरिएको छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
युरोपको भिसा लागेको पासपोर्ट थानकोटबाट बरामद, छुटाउन ६ लाख माग्ने दुईजना पक्राउ
-
विद्यालय तहमा उपभोक्ता शिक्षा सचेतना कार्यक्रम
-
विद्यालय तहको पाठ्यक्रम प्रारूप पुनरवलोकन गर्न सुझाव माग
-
२०० करोडको सम्पत्ति शुद्धीकरण मुद्दामा ज्याकलिनले पाइनन् राहत
-
सेतो गवारोको सङ्क्रमण बढेपछि कफी किसान चिन्तित
-
फेवातालमा मनपरी गर्न थालेपछि कास्की प्रशासनकाे १९ बुँदे निर्देशन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण