प्रचण्डको दाबी– माओवादीको स्कुलिङ एमालेका नेताहरूलाई शिक्षा हुनेछ
काठमाडौँ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले केन्द्रीय समिति बैठकमा पेस गरेको प्रतिवेदन एमालेका नेता तथा कार्यकर्ताहरूलाई शिक्षा हुने दाबी गरेका छन् । पार्टीभित्र भएको जनवादको अभ्यास वा जुन स्कुलिङ भएको छ, त्यसले एमालेभित्रका इमानदार नेता तथा कार्यकर्ताका लागि शिक्षा हुने दाबी गरेका हुन् ।
मंगलबार बैठकमा उठेका प्रश्नको जवाफ दिने क्रममा प्रचण्डले भने,‘पार्टीभित्र जुन स्कुलिङ भएको छ । एमालेभित्रका इमानदार नेता तथा कार्यकर्ताहरूलाई यसले राम्रो सन्देश दिन्छ । र, वाम ध्रुवीकरणका लागि वैचारिक, राजनीति र संस्कार निर्माण गर्न बल पुग्ने मेरो विश्वास छ ।’
यस्तै आफू सरकारमा हुँदा सुशासन, सामाजिक न्याय र समृद्धिको पक्षमा उभिएको तर एमाले लगायत त्यसको विरुद्ध उभिएको आरोप लगाएका छन् । सरकारमा रहेका दलहरूले नै शिक्षा विधेयक, संघीय कर्मचारी विधेयक रोकेको आरोप लगाएको ती नेताले जानकारी दिए । यसैगरी प्रतिवेदन व्यवहारिक रूपमा लागु गर्दै जाने उनले प्रतिबद्धता जनाएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रतिनिधिसभाबाट आर्थिक विधेयक पारित
-
रास्वपाका सांसद केपी खनालले सभामुखलाई ‘कर्मचारी महोदय’ भनेपछि...
-
कसरी बाहिरिए समूहमा तेस्रो हुने चार टोली ?
-
रुरल डेभलपमेन्ट सहकारीका निवर्तमान अध्यक्षविरुद्ध कारबाही प्रक्रिया अगाडि बढाउन सिफारिस
-
नेपालगन्जबाट खैरो हेरोइनसहित युवक पक्राउ
-
कालिमाटीमा काउली, लौका र आलुमा देखियो अत्याधिक विषादी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण