कास्की अदालत अगाडि रास्वपा कार्यकर्ताले ओली र थापाविरुद्ध गरे नाराबाजी
मङ्गलबार, २३ पुस २०८१, १९ : ४१

पोखरा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का कार्यकर्ताहरूले प्रधानमन्त्री केपी शर्मा ओली र नेपाली कांग्रेसका महामन्त्री गगन थापाविरुद्ध नाराबाजी गरेका छन् । कास्की जिल्ला अदालत अगाडि उनीहरुले मंगलबार प्रदर्शन गरेका हुन् ।
रास्वपाका संस्थापक सभापति रवि लामिछानेलाई अदालतको बहस सिध्याएर निकाल्ने क्रममा उनका समर्थकहरूले प्रधानमन्त्री ओली र कांग्रेस महामन्त्री थापाविरुद्ध नारा लगाएका हुन् । सत्तापक्षले सरकारी वकिललाई दबाब दिएर रविविरुद्ध मुद्दा दर्ता गरेको रवि पक्षका वकिलहरूले बहस गरेका छन् ।
रविका समर्थकहरूले त्यही बुझाइका आधारमा प्रदर्शन गरेका हुन् । मंगलबार रवि पक्षीय कानुन व्यवसायीहरूले बहस सिध्याएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
आमाबुबाको अत्तोपत्तो नहुँदा नागरिकताबाट वञ्चित
-
गर्मीले उत्पादन घट्दा बजारमा अण्डाको माग बढ्यो, नयाँ मूल्य कति ?
-
बेलायती राजा नेपालको सहयोगका लागि प्रतिबद्ध : राजदूत घिमिरे
-
पाटन संयुक्त क्याम्पसको स्ववियु सभापतिमा नेविसंघका कपाली निर्वाचित
-
डिभी लोटरीको नतिजा प्रकाशित, यसरी हेर्न सकिन्छ
-
सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री र उत्तराखण्डका मन्त्रीबिच भेटवार्ता